मुम्बई पुगेर लगाइन् अदितीले कोरोना विरुद्धको खोप

मुम्बई पुगेर लगाइन् अदितीले कोरोना विरुद्धको खोप

सञ्चार बाणी

@SancharBani

२०७८ असार २४ गते बिहिबार ०७:५१

अभिनेत्री अदिती बुढाथोकी भारतको मुम्बई पुगेकी छन् । सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्र ‘बाबरी’को छायांँकनका लागि नेपाल आएकी उनी केही दिन अगाडि मुम्बई फर्किएकी हुन् । निषेधाज्ञा अगाडि पूर्वका विभिन्न जिल्लामा १० दिन ‘बाबरी’...

अभिनेत्री अदिती बुढाथोकी भारतको मुम्बई पुगेकी छन् । सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्र ‘बाबरी’को छायांँकनका लागि नेपाल आएकी उनी केही दिन अगाडि मुम्बई फर्किएकी हुन् । निषेधाज्ञा अगाडि पूर्वका विभिन्न जिल्लामा १० दिन ‘बाबरी’ फिल्म छायाँकन गरेकी बुढाथोकी निषेधाज्ञाको कारण नेपालमै रहेकी थिइन् । निषेधाज्ञा केही सहज भएपछि उनी मुम्बई फर्किएकी हुन् ।

बुढाथोकीले बुधबार मुम्बईकै कोरोना विरुद्धको खोप लगाएकी छन् । उनले मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पताल पुगेर कोभिसिल्ड खोप लगाएकी हुन् । आफूले कोभिसिल्डको पहिलो डोज खोप लगाएको उनले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक जानकारी दिएकी छन् ।

हुन त केही अगाडि कलाकर्मीले स्वास्थ्यमन्त्रालयसँग अबको खोपको प्राथमिकतामा राख्न निवेदन समेत दिएका छन् । तर त्यो खोप कहिले हुन्छ अझै टुङ्गो लागेको छैन । त्यसैले पनि उनले मुम्बई पुगेको अवसर पारेर खोप लगाएकी हुन् ।

फिल्म ‘क्रृ’ बाट नेपाली फिल्ममा डेब्यु गरेकी अदिती मुम्बईमा रहेर मोडलिङ र अभिनय अगाडि बढाइरहेकी छन् ।

प्रकाशित मिति २०७८ असार २४ गते बिहिबार ०७:५१
प्रतिक्रिया दिनुहोस