पर्वतमा बाढीले गाडी बगाउँदा इन्जिनियरसहित २ वेपत्ता

पर्वतमा बाढीले गाडी बगाउँदा इन्जिनियरसहित २ वेपत्ता

सञ्चार बाणी

@SancharBani

२०७८ असार २३ गते बुधबार ०५:१२

पर्वतको कुश्मा नगरपालिका-८ दोबिल्ला स्थित सुन्दरेखोलामा आएको बाढीले बगाउँदा एउटा गाडी र गाडीमा सवार २ जना वेपत्ता भएका छन् । मंगलबार राति आएकाे भिषण वर्षाले सुन्दरे खोला उर्लिएपछि निर्माणाधिन मध्यपहाडी राजमार्गमा क्ष'ति पुर्‍याएको...

पर्वतको कुश्मा नगरपालिका-८ दोबिल्ला स्थित सुन्दरेखोलामा आएको बाढीले बगाउँदा एउटा गाडी र गाडीमा सवार २ जना वेपत्ता भएका छन् । मंगलबार राति आएकाे भिषण वर्षाले सुन्दरे खोला उर्लिएपछि निर्माणाधिन मध्यपहाडी राजमार्गमा क्ष’ति पुर्‍याएको थियो । बाढीले मध्यपहाडी लोकमार्ग निर्माणको जिम्मा लिएको लामा कन्ट्रक्सनका साइट इञ्चार्ज राजाराम आचार्य र सवारी चालक इन्द्र थारु बेपत्ता भएका छन् ।

बाढीले राजमार्गको छेउछाउमा सामान्य व्यवसाय सञ्चालन गरेर बस्ने विश्व श्रेष्ठ लगायतका ४ परिवार भागेर ज्यान जोगाउन सफल भएका छन् । मंगलबार राती १० बजेको समयमा बाढी आएको थियो ।

बाढीले बगाएको सवारी बुधबार बिहान करिव ८ बजे मात्रै ५ सय मिटर तल मोदीखोलामा भेटिएको छ । गाडी भेटिएपनि उद्धार गर्न नसकिएका कारण गाडी भित्र मानिस भए नभएको कुनै जानकारी लिन नसकिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीले जानकारी दिए

बाढीले अन्य २ स्कुटर, १ मोटरसाइकल सहित ४ होटल तथा रेष्टुरेण्टहरुमा पनि क्ष’ति पुर्‍याएको छ । याेसँगै मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा ठप्प भएकाे छ । लोकमार्ग तत्काल खुल्ने सम्भावना नभएको विरामी, विवाहका लागि हिंडेका सवारीहरु र अन्य अत्यावश्यक कामका लागि हिंडेका यात्रुहरु बाटाेमै अलपत्र परेका छन् ।

सोही बाढीले १० मेगावाट उत्पादन क्षमताको तल्लो मोदीखोला जलविद्युत केन्द्रको उत्पादन समेत बन्द भएको छ । उत्पादनका लागि निर्माण गरिएको क्यानल बाढीले पुरेपछि विद्युत उत्पादन बन्द भएको हो ।

प्रकाशित मिति २०७८ असार २३ गते बुधबार ०५:१२
प्रतिक्रिया दिनुहोस