पहिरनले ट्रोल बनेका रणवीर

पहिरनले ट्रोल बनेका रणवीर

सञ्चार बाणी

@SancharBani

२०७८ असार २० गते आईतबार ०३:२६

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता रणवीर सिंह आफ्नो अभिनयका कारण दर्शकलाई प्रभावमा पारेका छन् नै पहिरन शैलीले पनि उनीप्रति दर्शकको चासो उत्तिकै छ । कैयौं पटक उनी यस्तो पहिरन लगाउछन्, त्यो पहिरन चर्चाको विषय बन्छ । हालै रणवीरले...

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता रणवीर सिंह आफ्नो अभिनयका कारण दर्शकलाई प्रभावमा पारेका छन् नै पहिरन शैलीले पनि उनीप्रति दर्शकको चासो उत्तिकै छ ।

कैयौं पटक उनी यस्तो पहिरन लगाउछन्, त्यो पहिरन चर्चाको विषय बन्छ । हालै रणवीरले एक ब्राण्डका लागि फोटोसु’ट गराए र त्यो तस्वीर सामाजिक सञ्जालमा शेयर गरे । तस्वीर सार्वजनिक हुनासाथ उनको मिम्स र ट्रोल बनाउन सुरु भयो ।

ट्रोलरले रणवीर दीपिकाको कपडा किन्न जाँदा उनी आफैंले लगाएर त्यसको परीक्षण गरेको भन्दै मिम्स बनाइरहेका छन् । कतिपयले उनलाई सन् २०२१ को खिलजी भनेका छन् । कतिले भने उनको तुलना हलिउड अभिनेता जेरेड लेटोसँग गरेका छन् । उनीहरुले रणवीरलाई ‘सस्तो जेरेड लेटो’समेत भनेका छन् ।

रणवीर चाँडै ब्रिटिश एडभेञ्चरर बेयर ग्रिल्सका साथ नेटफ्लिक्सका लागि एक शो बनाउदैछन् । यसबाहेक उनी फिल्म ‘८३’, ‘सूर्यवंशी’, ‘सर्कस’मा देखिँदैछन् ।

प्रकाशित मिति २०७८ असार २० गते आईतबार ०३:२६
प्रतिक्रिया दिनुहोस