धुम्रपान मृत्युको प्रमुख कारणमध्ये एक हो । धुम्रपानका कारण मुटुरोग, विभिन्न प्रकारको क्यान्सर तथा शरीरमा धेरै परिवर्तनहरू आउँछ जुन हा’नीकारक हुने गर्छन् । धुम्रपान छोड्नु गाह्रो हुन सक्छ ।
धुम्रपान छोडेपछि स्वास्थ्यमा सुधारहरू हेर्नका लागि लामो समय लाग्ने धेरैको सोच हुन्छ । तर, वास्तविक लाभहरू मानिसहरूले महसुस गरेभन्दा छिटो हुन्छ । धुम्रपान गर्न छोडेको एक घण्टादेखि नै शरीरमा परिवर्तन भई स्वास्थ्य लाभहरू सुरु हुन्छ ।
कुनै व्यक्तिले धुम्रपान गर्न छोड्नेबित्तिकै उनीहरूको शरीर निम्न तरिकाले निको हुन थाल्छ :
एक घण्टापछि : पछिल्लो सिगरेट पिइसकेपछिको २० मिनेटमा, मुटुको दर झर्दछ र सामान्यमा फर्कन्छ । रक्तचाप खस्न थाल्छ र रक्तस्रावमा सुधार हुन सक्छ ।
१२ घण्टादेखि एक दिनमा : धुम्रपान नगरेको १२ घण्टापछि शरीरले अतिरिक्त कार्बन मोनोअक्साइडलाई सफा गर्छ । कार्बन मोनोअक्साइड स्तर सामान्यमा फर्कन्छ, जसले शरीरको अक्सिजन स्तरहरू बढाउँदै लान्छ । धुम्रपान छोडेको एक दिनपछि थोरैमा, रक्तचाप र हर्ट अट्याकको जोखिम कम हुँदै जान्छ । साथै, धुम्रपान (द्वारा प्रेरित उच्च रक्तचापबाट हृदय रोगको जोखिम कम हुन्छ ।
दुई दिनदेखि एक महिनामा : स्नायुहरू निको भएसँगै एक व्यक्तिले गन्ध र बढी जटिल स्वादहरू थाहा पाउन सक्छन् । एक महिनामा, फोक्सोको कार्य सुधार हुन थाल्छ । फोक्सोको क्षमता सुधार भएसँगै धुम्रपान छोडेका व्यक्तिले खोकी र सास फेर्न गाह्रो हुने समस्या घटेको महसुस गर्न सक्छन् ।
एक महिनादेखि नौ महिनामा : केही महिनाहरूको लागि, सर्कुलेसनमा सुधार हुने कार्य जारी हुन्छ । नौ महिनापछि, फोक्सोले आफैंलाई राम्ररी निको पारिसकेको हुन्छ । फोक्सो निको हुँदै गएपछि यसले सं’क्रमणसँग लड्न मद्दत गर्नुका साथै सं’क्रमण हुने जोखिम पनि कम हुँदै जान्छ ।
एक वर्षमा : धुम्रपान छोडेको एक वर्षपछि, हृदय रोगको जोखिम आधाले कम हुन्छ ।
पाँच वर्षमा : पाँच वर्षपछि शरीरको धमनी र रक्तनलीहरू फेरि फराकिलो हुन्छ जसले ब्लड क्लटिङ र स्ट्रोकको जोखिमलाई कम गर्छ ।
१० देखि २० वर्षमा : धुम्रपान त्यागेको १० देखि २० वर्षमा धुम्रपान गरिरहने व्यक्तिको तुलनामा एक व्यक्तिको मुटु र फोक्सोको रोगलगायत फोक्सो, मुख, प्यान्क्रियाजको क्यान्सर हुने र यसबाट मर्ने सम्भावना एकदम घट्दै जान्छ ।
प्रकाशित मिति २०७८ असार ४ गते शुक्रबार १२:०६