बलिउड अभिनेता सुशान्त राजपूतलाई आ’त्मह’त्या गर्न ‘दुरुत्साहन गरेको आ’रोपमा जे’ल समेत गएकी अभिनेत्री रिया चक्रवर्तीले सुशान्तको सम्झनामा भावुक स्ट्याटस लेखेकी छन् । सुशान्तले आ’त्मह’त्या गरेको हिजो एक वर्ष पुगेको दिन उनले सुशान्तको यादमा स्ट्याटस लेखेकी हुन् ।
उनले लेखेकी छन्, “तिमी यहाँ नभएको विश्वास दिलाउने कुनै पल नै छैन । मानिसहरु सबै कुरा समयसँगै ठिक हुन्छ भन्छन् तर मेरो सबै समय नै तिमी थियौ । तिमी मेरो अभिभावक हौ । तिमीले मलाई चन्द्रमाबाट टेलिस्कोपको सहारामा हेरिरहेका छौ र रक्षा गरिरहेका छौ ।”
रियाले अगाडि लेखेकी छन्, “म हरेक दिन तिमी आउने पर्खाइमा बस्छु । म तिमीलाई हरेक ठाउँमा देख्छु । यो पी’डाले मलाई हरेक दिन टुक्र्याउँछ । तिमी यहाँ नभएको आभासले मलाई निकै पी’डा दिन्छ ।”
उनले उक्त स्ट्याटसमा सुशान्तबिना उनको जिन्दगी नै नरहेको बताएकी छन् । उनले लेखेकी छन्, “तिमी बिना जिन्दगी नै छैन । तिमी जिन्दगी नै आफूसँग लिएर गयौ । यो खाली पन कसैले भर्न सक्दैन । तिमी बिना म एक्लै भएकी छु । मेरो स्वीट सनशाइन ब्वाइ, म तिमीलाई हरेक दिन मालपुवा दिन र क्वान्टम फिजिक्सको सबै किताब पढ्ने बाचा गर्छु । कृपया तिमी फर्केर आउ ।”
प्रकाशित मिति २०७८ असार १ गते मङ्गलबार ०९:१८