जव माधुरीको हातमा आमिरले थुकेपछि…

जव माधुरीको हातमा आमिरले थुकेपछि…

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ २४ गते सोमबार ०६:२९

मुम्बई(दैनिक जागरण)– अभिनेत्री माधुरी दीक्षित र अभिनेता आमिर खानले दुई फिल्ममा सँगै काम गरेका छन् । सन् १९९० मा उनीहरुकाे फिल्म ‘दिल’ रिलिज भएको थियो । यो फिल्मको सुटिङमा आमिरले माधुरीमाथि प्रेंक गर्दा त्यो प्रेंक उनका लागि यति...

मुम्बई(दैनिक जागरण)– अभिनेत्री माधुरी दीक्षित र अभिनेता आमिर खानले दुई फिल्ममा सँगै काम गरेका छन् । सन् १९९० मा उनीहरुकाे फिल्म ‘दिल’ रिलिज भएको थियो ।

यो फिल्मको सुटिङमा आमिरले माधुरीमाथि प्रेंक गर्दा त्यो प्रेंक उनका लागि यति महंगो साबित भयो कि आमिरले भागेर ज्यान बचाउनु परेको थियो । आमिरले यो कुराको खुलासा फरहान अख्तरको च्याट शो ‘ओए ! इट्स फ्राइडे’मा गरेका थिए ।

‘मैले सबैसँग हात हेरे भविष्य बताउछु भनिरहेको थिएँ । त्यही बेला माधुरीको हात हेर्दै उनको हातमा थुकेको थिएँ’, उनले भनेका छन्, ‘तपाईंको हात हेरिरहँदा ‘तपाईं निकै भा’वुक हुनुहुन्छ । मानिसहरु तपाईंलाई बेवकूफ बनाउछन् । तपाईं विश्वास गर्नुहुन्छ । जसरी म तपाईंलाई बेवकूफ बनाइरहेको छु’ भनेर उनको हातमा थुकीदिएँ । त्यसपछि माधुरी यति रिसाईन् कि उनले मलाई हकी स्टिक लिएर खेदाइन् ।’

माधुरीले पनि त्यो बेला आमिरलाई कु’ट्नकै लागि आफू दौडिएको खुलाएकी छन् । माधुरीले आमिरका साथ ‘दिवाना मुझसा नहीं’ मा पनि काम गरेका थिए । यी दुई फिल्म पछि उनीहरुले कुनै पनि फिल्ममा सहकार्य गरेनन् ।

याे पनी
थाहा छ किन आफ्ना जोडीको मोबाइल चेक गर्छन् ? जान्नुहोस

यसकारण आफ्ना जोडीको मोबाइल चेक गर्छन्, थाहा पाउनै पर्ने कुराहरु
भनिन्छ, श्रीमान्–श्रीमतीको बीचको सम्बन्ध र प्रेमलाई कुनै समझदार व्यक्तिले मात्र बुझ्न सक्छ । उनीहरुका बीचमा एउटा बेग्लै प्रकारको समझदारी कायम हुन्छ । माया र विश्वास नै कुनै पनि सम्बन्धको वास्तविक कारण हो । श्रीमान्–श्रीमतीको सम्बन्धको वास्तविकता पनि यही नै हो ।

श्रीमान्–श्रीमतीका बीचमा यदि माया कम नै भयो भने पनि सम्बन्ध उक्त गाडी चलिरहन्छ । तर, विश्वास कम भयो भने सम्बन्धलाई अगाडि बढाइरहन गाह्रो पर्दछ । विश्वास भन्ने कुरा इमान्दारीबाट आउँछ । त्यसैले श्रीमान्–श्रीमती दुबैले एक–अर्कासंग निकै नै लचिलो हुनु पर्दछ । तर, कैयौं पटक श्रीमानले आफ्ना श्रीमतीको मोबाइल फोन उनीहरुको अनुपस्थितीमा चेक गर्न थाल्छन् । त्यसका पछाडि विभिन्न कारणहरु हुन सक्दछन् ।

विश्वासमा कमी हुनु : सबैभन्दा ठूलो कारण नै श्रीमानलाई आफ्ना श्रीमतीहरुप्रति कम विश्वास हुनु हो । पटक–पटक मोबाइल फोन चेक गरेर उनीहरुले के कुरा पत्ता लगाउन चाहन्छन् भने कतै उनले उसंग कुनै कुरा लुकाइरहेकी त छैनन् ।

शंका लाग्नु : श्रीमानले किन पनि श्रीमतीहरुको मोबाइल चेक गर्छन् भने उनीहरु आफ्नै श्रीमतीप्रति शशंकित हुन्छन् । उनीहरुलाई के लाग्छ भने कतै उनीकी श्रीमती अरु नै कुनै पुरुषसंग डेटिङमा पो गैरहेकी छिन् कि ।

झगडाको कारण खोज्नु : प्रायःश्रीमानले किन यसो गर्छन् भने उनीहरु श्रीमतीसंग झगडा गर्नका लागि कुनै न कुनै कारण खोजिरहेका हुन्छन् । त्यसरी मोबाइल चेक गरेर उनीहरु घरमा कहल मच्चाउने ठूलो षडयन्त्र गरिरहेका हुन्छन् ।

मायामा कमी : प्रायः श्रीमानलाई के लाग्छ भने उनीहरुका श्रीमतीहरुले उनीहरुलाई माया नै गर्दैनन् । त्यसकारण पनि उनीहरु श्रीमतीहरुको मोबाइल चेक गरेर के पत्ता लगाउन चाहन्छन् भने उनीहरुको सबैभन्दा लामो कुराकानी कोसंग भैरहेको छ ।

अरुसंग बढि लगाव : यदि तपाईंको लगाव अरु कुनै व्यक्तिसंग बढि हुन थाल्यो भने तपाईंका श्रीमान्लाई उक्त कुराले असुरक्षित महसुस गराउ“छ । त्यसकारण पनि उनलाई तपाईंको मोबाइल फोन चेक गर्ने बानी बस्छ ।

धोकाको अनुमान : कहिलेकाहिं श्रीमान आफ्ना श्रीमतीहरुले आफूलाई माया गर्छिन् भन्ने कुराप्रति त्यति विश्वस्त हुन सक्दैनन् । उनीहरुले मन–मनै श्रीमतीप्रति नकारात्मक धारणा बनाउन थाल्दै उनले आफूलाई धोका दिन थालेको अनुमान गर्न थाल्छन् । त्यसलाई पुष्टि गर्नका लागि समेत उनीहरुले बारम्बार श्रीमतीको मोबाइल फोन चेक गर्छन् ।

ध्यान दिनु पर्ने कुरा के छ भने यदि तपाईंका श्रीमान् पनि तपाईंको अनुपस्थितीमा तपाईंको मोबाइल फोन चेक गर्छन् भने उनलाई राम्ररी सम्झाउनु होला र सबै मनमुटावहरु हटाउनु होला । यसमै तपाईंहरु दुबैको भलाइ छ ।

प्रकाशित मिति २०७८ जेठ २४ गते सोमबार ०६:२९
प्रतिक्रिया दिनुहोस