पोखरा – राष्ट्रिय संगितकर्मि संघ कास्कीले २९ घर दुरीलाई राहत वितरण गरेको छ। कोभिड १९ को कारण सबै क्षेत्र प्रभाबित भएको हुदाँ यो पटक पनि राहत वितरण गरेको कार्यक्रम संयोजक कपिल श्रेष्ठ ले आमनेपाली टिभी लाई जानकारी दिनुभयो ।

सबै क्षेत्रका दुखमा पर्दा हर पटक सहयोग गरीदै आएको र यो पटक पनि लकडाउनको बेला सहयोग गरेको कुरा कास्कीका अध्यक्ष ऋषिराम दाहालले बताउनु भयो ।

राष्ट्रिय संगितकर्मि संघ कलाकारको हकहित सगै सामाजिक उत्तरदायित्व वहन गर्दै जाने संस्था रहेको कास्की जिल्ला ईन्चार्ज लिला पौडेलले बताए ।संगितकर्मि संघ कास्कीको राहत वितरणमा हाम्रो पनि समर्थन रहेको र यस संस्था सँग जोडिएर कलाकारको हकहितका लागि काम गर्ने तयार रहेको दोहीरी ब्यबसाय संघ कास्कीका कोषाधक्ष जय कुमार परियारले बताएका छन् । राहत वितरण लकडाउन अबधि भर रहने र यसको सबै सुचना आम नेपाली टिभीले दिने कार्यक्रम सहसंयोजक राजन सुबेदीले बताएनु भयो ।

यस कार्यक्रममा सस्थाका सल्लाहकार फर्ष बहादुर भाट क्षेत्री, सल्लाहकार नारायण प्रसाद सिक्देल संगठन बिभाग प्रमुख ईश्वर राज भण्डारी महिला उपाध्यक्ष सपना सापकोटा गण्डकी प्रदेशका प्रवत्ता पुर्ण वाग्ले इतिहास को सहभागीता रहेको थियोे ।


प्रकाशित मिति २०७८ जेठ २३ गते आईतबार ०१:१३