लकडाउनमा घुम्न निस्किएका टाइगर र दिशालाई प्रहरीले भन्यो: महामारीमा अनावश्यक ‘हिरोपन्ती’ नदेखाउनुस्

लकडाउनमा घुम्न निस्किएका टाइगर र दिशालाई प्रहरीले भन्यो: महामारीमा अनावश्यक ‘हिरोपन्ती’ नदेखाउनुस्

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ २१ गते शुक्रबार ०४:१०

कोरोना नियम उ'ल्लंघन गरेको आ'रोपमा बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी वि'रुद्ध ‘एफआईआर’ दर्ता भएको छ। उनीहरू वि'रुद्ध मुम्बई प्रहरीले एफआईआर दर्ता गरेको हो। नवभारत टाइम्सको खबरअनुसार मंगलबार उनीहरूलाई मुम्बईमा...

कोरोना नियम उ’ल्लंघन गरेको आ’रोपमा बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी वि’रुद्ध ‘एफआईआर’ दर्ता भएको छ। उनीहरू वि’रुद्ध मुम्बई प्रहरीले एफआईआर दर्ता गरेको हो।

वभारत टाइम्सको खबरअनुसार मंगलबार उनीहरूलाई मुम्बईमा कारमा घुमिरहेको प्रहरीले देखेको थियो। लकडाउनका बेला किन घुमेको भन्ने प्रश्नको दुवैले उचित कारण दिन नसकेपछि उनीहरू वि रुद्ध लकडाउन उ ल्लंघन गरेको आ रोपमा का रबाही अघि बढाइएको हो।

कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि लागु गरिएको लकडाउन महाराष्ट्रमा जुन १५ सम्म लम्ब्याइएको छ। यसैअन्तर्गत मुम्बईमा दिउँसको २ बजेपछि बिनाकारण निस्कन प्र तिबन्ध लगाइएको छ। यदि, २ बजेपछि बिनाकारण घुमिरहेको भेटिए आईपीसीको धारा १८८ अन्तर्गत कार बाही गरिनेछ।

खबरअनुसार टाइगर र दिशाले प्रहरीसँग घुम्नुको कारणबारे केही बताएनन्। कारमा दिशा अगाडीको सिटमा बसिरहेकी थिइन् भने टाइगर पछाडीको सिटमा। दुवैको आधार कार्ड चेक गरेपछि प्रहरी छाडिदिएको खबरमा उल्लेख छ।

प्रकाशित मिति २०७८ जेठ २१ गते शुक्रबार ०४:१०
प्रतिक्रिया दिनुहोस