काठमाडौँ । बलिउड अभिनेत्री काजल अग्रवालले केही महिना अगाडि विवाह गरिन्। उनी विवाहपछि पनि फिल्म क्षेत्रमा सक्रिय हुन चाहन्छिन्। तर विवाहसँगै फिल्मको अफर आउन छोडेपछि उनले आधा पारिश्रमिक कम गर्ने निर्णय गरेकी छिन्।
बलिउड लाइफका अनुसार अभिनेत्री काजलले विहे गरेसँगै अफर कम आउन थालेको छ। राम्रो प्रोजेक्टहरु आफ्नो खातामा जोड्नका लागि भएपनि उनले आधा पारिश्रमिक नै कम गर्ने फैसला गरेकी हुन्। अभिनेत्री काजलका लागि उक्त निर्णय गर्नु सजिलो थिएन, तर आफ्नो हातबाट राम्रो प्रोजेक्ट जाने डरले पनि उनले यस्तो निर्णय गरेकी बताइएको छ । जानकारी अनुसार अभिनेत्री काजलले एउटा फिल्मका लागि तीन करोड भारतीय रुपैयाँसम्म पारिश्रमिक लिने गरेकी छन् ।
विशेष गरी अभिनेत्री काजल अग्रवाल साउथ फिल्म उद्योगमा निकै चर्चित छन्। बलिउडमा कयौं सुपरहिट फिल्म दिएकी काजल अग्रवालको वर्कफ्रन्टको कुरा गर्नुपर्दा अब उनी चिरञ्जीवीको अपकमिङ फिल्म ‘आचार्य’मा देखिदैछिन्। त्यस्तै, उनी कमल हसनको बिग बजेटको फिल्म ‘इन्डियन २’ मा पनि देखिदैछिन्। यसका साथै काजलले नागार्जुनको फिल्ममा पनि काम गर्दैछिन्।
प्रकाशित मिति २०७८ जेठ २० गते बिहिबार ०३:४५