मनीषाले करियरको पहिलो फोटोसुट सेयर गरेपछि, मख्ख परे आयुष्मान

मनीषाले करियरको पहिलो फोटोसुट सेयर गरेपछि, मख्ख परे आयुष्मान

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ २० गते बिहिबार ११:२६

मुम्बई/ बलिउड अभिनेत्री तथा नेपाली चेली मनीषा कोइरालाले मंगलबार पुरानो दिन सम्झँदै आफ्नो एक श्यामस्वेत(ब्ल्याक एण्ड ह्वाइट) तस्वीर इन्स्टाग्राममा पोष्ट गरिन् । यो तस्वीर उनका लागि किन पनि विशेष थियो भने उनको करियरको यो पहिलो फोटोसुट...

मुम्बई/ बलिउड अभिनेत्री तथा नेपाली चेली मनीषा कोइरालाले मंगलबार पुरानो दिन सम्झँदै आफ्नो एक श्यामस्वेत(ब्ल्याक एण्ड ह्वाइट) तस्वीर इन्स्टाग्राममा पोष्ट गरिन् । यो तस्वीर उनका लागि किन पनि विशेष थियो भने उनको करियरको यो पहिलो फोटोसुट थियो ।

नवभारत टाइम्सका अनुसार यो क्लोजअप तस्वीरमा मनीषा कम मेकअपसँगै छोटो कपालमा देखिएकी छन् । उनी क्यामरातिर नहेरी अगाडि हेरेकी छन् । तस्वीरमा ‘थ्रोब्याक…मेरो पहिलो फोटोसुट । ह्यासट्याग थ्रुब्याकट्युस्डे’ क्याप्सन लेखेकी छन् ।

उनको यो पोस्टमा दीया मिर्जा, श्रुति हासन, लीजा रे, निर्देशक ओनिर जस्ता सेलिब्रेटीले मुटुको इमोजी राख्दै प्रतिक्रिया दिएका छन् । अभिनेत्री गेब्रेला रिटले ‘सुन्दर’ भन्दै प्रतिक्रिया दिएकी छन् ।

अभिनेता आयुष्मान खुरानाले पोस्टमा लाइक गर्दै तस्वीरलाई आफ्नो इन्स्टाग्राम स्टोरीमा शेयर गरेका छन् । शेयर गरेको तस्वीरमा ‘मनीषा कोइरालाको तारीफको कथा’ लेखेका छन् ।

यो पनी पढ्नुहोस्ः ‘नेसनल क्रस’को उपाधि पाएकी रश्मिका मन्दाना बनिन् २०२० कि ‘मोस्ट डिजाइरेबल महिला’

मुम्बई/ दक्षिण भारतीय सिनेमाकी सुन्दर तथा लोकप्रिय नायिका हुन् रश्मिका मन्दाना । गुगल सर्च इन्जिनले रश्मिकालाई ‘नेशनल क्रस अफ इन्डिया २०२० फिमेल’ घोषणा गरेको थियो। ‘नेशनल क्रस’ उपाधि पाएकी रश्मिका मन्दाना २०२० कि ‘मोस्ट डिजाइरेबल महिला’ घोषित भएकी छिन् । उनलाई यो उपाधि बैगलोर टाइम्सले दिएको हो । गत साल बैगलोर टाइम्सले रश्मिकालाई नै यो उपाधि दिएको थियो ।

२४ वर्षकी रश्मिका दक्षिण भारत बाहेक उत्तर भारतमा पनि निकै लोकप्रिय छिन् । रश्मिकाले कन्नड, तमिल र तेलुगु फिल्ममा पनि काम गरेकी छिन् । रश्मिकाले सन् २०१६ मा ‘क्रिक पार्टी’ फिल्मबाट कन्नड सिनेमामा डेब्यू गरेकी थिइन् । यो फिल्ममा रश्मिकाको अभिनयको असाध्यै तारिफ भएको थियो र उक्त फिल्म त्यस वर्षको सबैभन्दा धेरै कमाई गर्ने फिल्ममा समावेश भयो ।

त्यसपछि उनको लगभग सबै फिल्महरू हिट भए । लगातारका सफल सिनेमाले उनी तेलेगु र कन्नड सिनेमाकी अत्याधिक लोकप्रिय र सर्वाधिक पारिश्रमिक बुझ्ने अभिनेत्री बनिसकेकी छन्। उनले १९ वर्षको उमेरमा सिनेमामा उनको डेब्यू गरेकी थिइन् ।

तेलगुका सबै चर्चित नायकहरूसँग फिल्म खेलेकी रश्मिकामा इन्स्टामा मात्र १ करोड ज्यादा फलोअर छन् । मोडलिङबाट सिनेमामा प्रवेश गरेकी रश्मिकाको सफलता र लोकप्रियताको असाध्यै छिटोछिटो अघि बढेको छ।

डेब्यू पछाडी उनले हालसम्म पछि फर्केर हिँड्नुपरेको छैन। त्यसयता उनी लोकप्रियताको उकाली चढेकोचढ्यै छिन्। पछिल्लो समय अल्लु अर्जुनसँग खेलेको ‘पुष्पा’को पर्खाइमा रहेकी रश्मिकाले यही साल बलिउड फिल्ममा पनि डेब्यू गरेकी छिन् । सिद्धार्थ मल्होत्रासँगको ‘मिसन मज्नु’ उनको पहिलो बलिउड डेब्यू फिल्म रहनेछ ।


आफ्नो बलिउड डेब्यूलाई लिएर रश्मिका मन्दनाले भनेकी थिइन्, ‘मैले हरेक भाषाका दर्शकको निकै माया पाएको छु । एक अभिनेत्रीको रुपमा मलाई यो सधैं हुन्छ कि फिल्मको कहानीलाई म आफूसँग जोड्छु र फिल्मको भाषा मेरो लागि कहिल्यै बाधा बनेन । ‘मिसन मज्नु’ टिमको हिस्सा बन्न पाएकोमा एकदमै खुसी छु ।’

प्रकाशित मिति २०७८ जेठ २० गते बिहिबार ११:२६
प्रतिक्रिया दिनुहोस