काठमाडौं । धनुष र काजोलको फिल्म ‘भीआइपी–२’ काम गरेकी अभिनेत्री राइजा विल्सन विशेष गरी आफ्नो सुन्दर अनुहारको कारण चर्चामा आउने गरेकी छन् । तर अब उनको त्यो सुन्दर अनुहारमा स’र्जरीपछि दाग लागेको छ ।टलिउड अभिनेत्री राइजाले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गरेकी छन् । उक्त तस्बिरमा उनको अनुहार धब्बा लागेको छ ।
उनको एक साइडको आँखा तल सुन्निएको छ ।राइजाले तस्बिरको साथमा चिकित्सकको गल्तीको कारण आफ्नो अनुहारको अवस्था यस्तो भएको बताएकी छन् ।राइजाले लेखेकी छन्–म एक साधारण फेसियल ट्रिटमेन्टको लागि डा.भैरवीको क्लिनिकमा गाएको थिए । उनले मलाई एक पक्रियाको लागि बा’ध्य पारिन् जसको मलाई आवश्यकता नै थिएन । यतिसबै भएपछि उनले मसँग कुरा गर्नै छाडेकी छन् ।
उनको स्टाफले बताए अनुसार उनी शहरबाट बाहिर छिन् । ’राइजाको कामको कुरा गर्दा उनले २०१७ मा आफ्नो फिल्मी करियर सुरु गरेकी हुन् । उनी पहिलो पटक साउथको सुपरहिट फिल्म ‘भिआइपी–२’ मा देखिएकी थिइन् ।
प्रकाशित मिति २०७८ जेठ २० गते बिहिबार ०८:२८