कुनै पनि व्यक्तिको जीवनमा राशिले ठुलाे महत्व राखेकाे हुन्छ । अहिले यस युगमा मानिसहरुले ज्योतिषशास्त्रमा अास्था राख्दैनन् तर ज्योतिषशास्त्रले भविष्यवाणी मात्र हैन व्यवहारका बारेमा पनि जानकारी दिने गर्दछ ज्योतिषशास्त्रले मानिसको कयौँ रहस्य खोलिदिने पनि गर्दछ ।
यस विद्या मार्फत हामीले मानिसको गुण, दोष र यसको व्यक्तित्वका बारेमा पत्ता लगाउन सक्छाै । आज हामी तपाईलाई केही राशिका बारेमा जानकारी दिदैछौँ । जो निकै रिसाह हुने गर्छन् । अझ भनौँ उनीहरुको रिस नाककै टुप्पोमा हुने गर्छ ।
जानौँ ती राशिहरू :
मिथुन राशि:
मिथुन राशिका व्यक्तिको रिस पनि नाकको टुप्पामै हुने गर्छ । यिनीहरुलाई छिट्टै रिस उठ्ने र धेरैबेरसम्म रहने हुन्छ। यिनीहरुलाई एक पटक रिस उठ्यो भने छिट्टै शान्त हुँदैन्। यद्यपी यिनीहरुको रिसले अरुलाई नोक्सान गर्नुभन्दा पनि आफैलाई पी’डा दिने गर्छन् ।
वृश्चिक राशि:
वृश्चिक राशिका व्यक्तिको रिस पनि नाकको टुप्पामै हुने गर्छ । तर यिनीहरुले आफ्नो रिसले अरुलाई नोक्सान पुर्याउँदैनन्। यिनीहरुलाई रिस उठ्यो भने यिनीहरु कसैसँग कुरा गर्दैनन् ।
कुम्भ राशि:
कुम्भ राशिका व्यक्तिको रिस पनि निकै कडा हुने गर्छ। यिनीहरु आफ्नो भावना दोस्रो व्यक्तिलाई देखाउँदैनन्। यिनीहरु रिस उठेका बेला चुप रहन मन पराउँछन्। खास कुरा यो छ की यिनीहरु रिसमा पनि आफ्नो धैर्यता गुमाउँदैनन् ।
मकर राशि:
मकर राशिका मानिस पनि निकै रिसाह हुने गर्छन्। यिनीहरुको रिस निकै चाडै उठ्ने गर्छ र रिसमा यिनीहरु के के गर्छन् आफैलाई थाहा हुँदैन। रिस उठेका बेला यी व्यक्तिका सामु रहनुभन्दा यिनीहरुलाई एक्लै छोडिदिनु वुद्धिमानी हुने गर्छ। यिनीहरुको रिस शान्त भएपछि चाडै नै आफ्नो गल्ती स्वीकार गर्ने गर्छन् ।
सिंह राशि:
सिंह राशिका व्यक्तिलाई निकै रिसाह मानिने गरिन्छ। यिनीहरुको रिस कहिलेकाही फुटेर बाढीले जसरी क्ष’ति पुर्याउने गर्छ। त्यसैले यस राशिका व्यक्तिले आफ्नो रिसलाई काबुमा राखेर सावधानी पूर्वक काम गर्दा राम्रो मानिन्छ।यी राशिका व्यक्तिलाई सानो सानो कुरामा रिस उठ्ने गर्छ। यस्ता व्यक्तिका सामु मजाक गर्दा पनि होसियार हुनुपर्छ। यद्यपी यी राशिका व्यक्तिको रिस धेरै बेर भने टिक्दैन। केही सयमपछि आफै शान्त हुने गर्छ ।
प्रकाशित मिति २०७८ जेठ १९ गते बुधबार ०६:४८