यी हुन् युवतीहरुले गर्नै नहुने गल्ती, नत्र पछुताउनु पर्ला

यी हुन् युवतीहरुले गर्नै नहुने गल्ती, नत्र पछुताउनु पर्ला

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ १९ गते बुधबार ०५:०९

कतिपय महिलाले आफ्नो शरीरको अनावश्यक रौं हटाउन रेजर वा शेभिङ क्रिम लगाउछन् । यो पुरुषले प्रयोग गर्नका लागि बनाइएको हो। कति महिला पुरुषको परफ्युममा लोभिन्छन्। पुरुषले प्रयोग गर्ने यस्ता गु्रमिङ प्रोडक्ट महिलाको लागि हानिकारक...

कतिपय महिलाले आफ्नो शरीरको अनावश्यक रौं हटाउन रेजर वा शेभिङ क्रिम लगाउछन् । यो पुरुषले प्रयोग गर्नका लागि बनाइएको हो। कति महिला पुरुषको परफ्युममा लोभिन्छन्। पुरुषले प्रयोग गर्ने यस्ता गु्रमिङ प्रोडक्ट महिलाको लागि हानिकारक हुनसक्छ। छाला विशेषज्ञका अनुसार पुरुष र महिलाको छालामा एकै किसिमको हुदैन। पुरुषको छाला महिलाको तुलनामा निकै बाक्लो र दह्रो हुन्छ।

त्यसैले पुरुषका लागि जुन ब्युटी प्रोडक्ट बनाइएको हुन्छ, त्यसमा स्ट्रोङ पावर सामग्री प्रयोग गरिएको हुन्छ। त्यही कारण महिलाले त्यस्ता सामग्री प्रयोग गर्दा हानी हुन्छ। खासगरी यी तीन सामग्री महिलाले प्रयोग गर्नै हुन्न।

फेस स्क्रब लोशन
पुरुषले प्रयोग गर्ने फेस स्क्रब लोशन महिलाको फेस स्क्रब लोशनको तुलनामा धेरै कडा हुन्छ । जब महिलाले आफ्नो कोमल एवं नरम छालामा यसको प्रयोग गर्छन्, एलर्जी वा जलन हुनसक्छ । यदि प्रयोग गर्नै नै हो भने, अनुहारमा होइन । बरु, शरीरका अन्य भागमा प्रयोग गर्दा उस्तो असर हुँदैन।

आफ्टर शेभ लोशन
कति महिलालाई पुरुषका लागि तयार गरिएको आफ्टर शेभ लोशन मन पर्छ । खासगरी त्यसमो वास्ना उनीहरुले मन पराउँछन्। त्यसैले महिलाले पनि आफ्टर शेभ लोशन प्रयोग गर्छन् । तर, यसले महिलाको छालामा असर गर्छ । किनभने यसमा अल्कोहलको मात्रा धेरै हुन्छ।

शेभिङ रेजर
कति युवतीले काखीको रौं हटाउनका लागि शेभिङ रेजर प्रयोग गर्छन्, जो पुरुषको दाह्री जुंगा काट्न बनाइएको हो । तर, यस्तो रेजर प्रयोग गर्दा छाला रुखो हुन्छ।

प्रकाशित मिति २०७८ जेठ १९ गते बुधबार ०५:०९
प्रतिक्रिया दिनुहोस