अभिनेत्री माधुरी र जूहीले यसकारण ‘फिल्मका हिरो’सँग विवाह गरेनन्, धेरै वर्ष पछि खुलाए कारण

अभिनेत्री माधुरी र जूहीले यसकारण ‘फिल्मका हिरो’सँग विवाह गरेनन्, धेरै वर्ष पछि खुलाए कारण

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ १७ गते सोमबार ०७:१२

मुम्बई । बलिउडमा अभिनेत्रीद्वय माधुरी दिक्षित र जूही चावलाका आफ्नो समयका निकै चर्चित नायीका हुन् । उनीहरुले केही समय बलिउडमा राज गरे । उनीहरुले एक पछि अर्को सुपरहिट चलचित्रहरू दिएका आज पनि उतिकै प्रशंसकहरू छन् । फिल्म इन्डस्ट्रीभित्रै...

मुम्बई । बलिउडमा अभिनेत्रीद्वय माधुरी दिक्षित र जूही चावलाका आफ्नो समयका निकै चर्चित नायीका हुन् । उनीहरुले केही समय बलिउडमा राज गरे । उनीहरुले एक पछि अर्को सुपरहिट चलचित्रहरू दिएका आज पनि उतिकै प्रशंसकहरू छन् । फिल्म इन्डस्ट्रीभित्रै पनि कैयौँ प्रशंसकहरू भएका अभिनेत्री जूही र माधुरीले भने इन्डस्ट्रीभन्दा बाहिरका व्यक्तिसँग विवाह गरे ।

फिल्म क्षेत्रमा लागेका अधिकांश नायीकाहरुले फिल्म क्षेत्रकै जिवन साथी रोजेको बेलामा यिनीहरुले भने फरक निर्णय गरे । अभिनेत्री माधुरीले सन् १९९९ मा डा। श्रीराम नेनेसँग विवाह गरिन् भने जूहीले सन् १९९५ मा उद्योगपति जय मेहतासँग विवाह गरिन् ।

दुवैले किन ‘फिल्मका हिरो’ सँग विवाह गरेनन् भन्ने प्रश्नमा माधुरी भन्छिन्, “मैले शाहरुख खान र सलमान खानसँग धेरै चलचित्रहरू गरेकी छु । आमिरसँग मात्रै दुईवटा मात्रै गरेको छु । सायद मलाई उनीहरूसँग नै विवाह गरौँ भन्ने कहिल्यै लागेन । मेरो श्रीमान नै मेरो हिरो हो ।”

अभिनेत्री जूहीको विवाहअघि उनका श्रीमान जय मेहता जूहीलाई इम्प्रेस पार्न फूल, कार्ड र धेरै उपहारहरू पठाइरहन्थे । अभिनेत्री जूही यसो भन्छिन्, “मसँग यी सबै चीजहरू (गिफ्ट) को थुप्रो थियो ।

उनीहरू सबैजना राम्रा हिरोहरू थिए, तर उनीहरूलाई सम्हाल्न सक्छु जस्तो मलाई लाग्दैन थियो । एक कलाकारको हिसाबमा तपाईँ आफूभित्रै हराइराख्नु हुन्छ र म आफैँमा हराइराख्ने आफूजस्तै पुरुषसँग विवाह गर्न सक्दिन थिएँ । यो विषयमा मेरो सोच स्पष्ट थियो ।”

यो कुराको खुलासा उनीहरूले निर्मातारनिर्देशक करण जौहरको टल्क सो ‘कफी विथ करण’ मार्फत गरेका हुन् । नवभारत टाइम्सबाट

प्रकाशित मिति २०७८ जेठ १७ गते सोमबार ०७:१२
प्रतिक्रिया दिनुहोस