क्याट्रिना कैफ:‘ उमेर पनि भै सक्यो अब म छिटै नै बिहे गर्ने सोचमा छु’

क्याट्रिना कैफ:‘ उमेर पनि भै सक्यो अब म छिटै नै बिहे गर्ने सोचमा छु’

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ १६ गते आईतबार १२:४१

एजेन्सी – बलिउडमा चर्चामा आइरहने चर्चित अभिनेत्रि हुन् क्याट्रिना कैफ । बेला बेलामा अभिनेत्री क्याट्रिना कैफ बिभिन्न नाम सँग जोडीएर प्रेमको चर्चामा आउने गर्छिन् । पहिले सलमान खानसँगको सम्बन्धले चर्चा पायो । त्यसपछि उनको जीवनमा...

एजेन्सी – बलिउडमा चर्चामा आइरहने चर्चित अभिनेत्रि हुन् क्याट्रिना कैफ । बेला बेलामा अभिनेत्री क्याट्रिना कैफ बिभिन्न नाम सँग जोडीएर प्रेमको चर्चामा आउने गर्छिन् ।

पहिले सलमान खानसँगको सम्बन्धले चर्चा पायो । त्यसपछि उनको जीवनमा रणवीर कपुर आए । यी सम्बन्ध पनि टुट्यो । यसैबीच अभिनेत्री क्याट्रिना कैफले आफ्नो सम्बन्धलाई लिएर ठूलो खुलासा गरेकी छिन् ।भारतीय मिडियाका अनुसार हालै उनी एक सोमा उनले आफ्नो निजी जीवनसँग जोडिएको केही सवालको उत्तर दिएकी छन् ।

उनी किन कसैसँग पनि डेट गर्दिनन् भन्ने प्रश्नमा क्याट्रिनाले भनेकी छिन्, ‘यो कुरा म आफैँलाई पनि थाहा छैन, म यो पनि जान्दिनँ कि दोस्रोपटक कसैसँग डेट गर्न पाउँछु कि पाउँदिनँ ।’ उक्त शोमा अभिनेत्रि क्याट्रिनाले आफू सिंगल भएको बताएकी छन् ।

सबैको विवाह भएको सम्बन्धमा उनले भनेकी छिन्, ‘मैले देखिरहेको छु, सबैले विवाह गरिरहेका छन्, कृपया मलाई कसैले पनि पछाडि नछोडिदिनू ।’ उनले आफू पनि विवाह गर्ने सोचमा भएको बताइन् ।

प्रकाशित मिति २०७८ जेठ १६ गते आईतबार १२:४१
प्रतिक्रिया दिनुहोस