सानै उमेरमा ठूलो सफलता पाउने कलाकारहरू मध्ये रचना रिमाल पनि एक हुन् । धेरै गीतहरु गायकी सुन्दरी रचनाको जन्म १९८८ अगस्ट १३ मा झापाको भद्रपुरमा भएको थियो । उत्कृष्ट गायन क्षमता भएकी उनको साङितिक करियर भने २०२० बाट सुरु भएको थियो ।...
सानै उमेरमा ठूलो सफलता पाउने कलाकारहरू मध्ये रचना रिमाल पनि एक हुन् । धेरै गीतहरु गायकी सुन्दरी रचनाको जन्म १९८८ अगस्ट १३ मा झापाको भद्रपुरमा भएको थियो । उत्कृष्ट गायन क्षमता भएकी उनको साङितिक करियर भने २०२० बाट सुरु भएको थियो । उनी तीन दिदिबहिनी मध्येकी माइली छोरी हुन् ।
भन्छन् नी सं’घर्ष बिनाको सफलता बिरलै पाइन्छ । हो त्यहि अनेकौं संघर्षलाई पार गर्दै अगाडि बढेकी गायिका हुन् रचना रिमाल । झापाको भद्रपूरमा जन्मिएकी रचनाका बाबा टेम्पो कुदाउनु हुन्थ्यो । आमा सानो चटपटे र चकलेट पसल चलाउनुहुन्थ्यो अनि फुर्सदमा कपडा सिलाउने काम पनि ।
उनी सानैदेखी निकै राम्रो गीत गाउथिन् । उनको मिठो आवाज सुनेपछि विभिन्न युट्युब च्यानलहरुले अन्तर्वार्ता र गीतहरु लिग्न थाले । उनको भिडियोहरु धेरैले मन पराएपनि । कतिपय भिडियोहरु भाईरल नै बन्यो ।
उनले चटपट बनाउदै, गीत गाउदै, सबैलाई मन्त्रमुग्ध पार्थिन । उनको यहि भिडियो निकै भाइरल बन्यो । त्यसपछि सामाजिक संजालमा पनि उनलाई ‘चटपटेवाली गायिका’ भनेर मन पराउन थालियो ।
भन्ने गरिन्छ आफू सँग प्रतिभा भएर मात्र पुग्दैन, अवसर खोज्दै जानुपर्छ तर रचना रिमाल यस्ती भाग्यमानी गायिका हुन् जस्को सुरिलो आवाजमा गीत सुन्न र अन्तर्वार्ता लिन थुप्रै मिडियाहरु उनको घर बाहिर पालो कुरेर बस्थे । नेपाल आइडल जस्तो ठूलो प्ल्याटफम पनि उनलाई अडिसन लिन उनकै घर पुगेको थियो ।
फ्रेन्चाइज सिङ्गीङ रियालिटी–सो नेपाल आइडल सिजन–३ बाट चर्चामा आएकी रचना भोटिङ राउण्डबाट बाहिरिएकी थिईन । त्यो समयमा तीन हप्तादेखि लगातार सबैभन्दा धेरै भोट पाउँदै आएकी रचना चौथो हप्तामा भने सबैभन्दा कम भोट पाउँदै प्रतिस्पर्धाबाट बाहिरिएकी थिईन ।
तर नेपाल आईडलबाट बाहिरिएपनी उनको साङितिक यात्राले भने गति लिग्यो । गायन रियालिटी शोबाट चर्चामा आएर त्यसरी नै चर्चामा बसिरहने गायकगायिकाहरु कमै देख्न पाईन्छ । रचना पनि यहि कम मध्येमा पर्छिन ।
उनको पहिलो पटक वसन्त सापकोटाको शब्द सङ्गीतमा “रुमाल चिनो देउन कान्छा पसिना आउँदा पुछौला” बोलको गीत रेकर्ड भएको थियो । रचनाको यो गीत अडियोमा मात्र भए पनि यस गीतलाई धेरै दर्शक श्रोताले अत्यधिक मन पराइदिएका छन् ।
थुप्रै चर्चित गीतमा स्वर दिएकी उनले गाएको गीत ‘फोटो फिरिममा’ निकै हिट भयो । त्यही गीतबाट उनको नाम पनि चर्चामा आयो । यतिमात्र होईन सोहि गीतबाट उनले जीवनकै पहिलो अवार्ड हात पारेकी थिईन । उनले ‘फोटो फिरिममा’ गीतबाट उनले नेशनल इन्टरटेनमेन्ट अवार्ड पाएकी थिईन् ।
रचना रिमाललाई नचिन्ने कमै छन् होला । सुन्दरी गायिका रचना निकै भाईरल भैरहनी गायिका हुन् । गीतबाट भन्दापनि अन्तरबार्ताबाट भाईरल भैरहने रचनाका कतिपय क्लिप्सहरु त ट्रो’ल पनि बनेका छन् । तर उनलाई चु’रोट खुवाएर, चस्मा लगाईदिएको ट्रो’ल देख्दा राम्रो नलाग्ने बताउछिन् ।
अन्तरबार्ता रचनाले दिएको सर्टिक उत्तरहरु निकै भाईरल बन्ने गरेका छन् । कतिपयले उनलाई सार्है सोझो भएको बताउछन् भने कतिपय रचनालाई चलाख ठान्दछन । उनले अघिल्लो लकडाउनमा मात्र ४० भन्दा बढी गीत गाएकी थिईन ।
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807