कोरियामा एक नेपाली युवकले घाँ’टीमा पा’सो लगाएर ज्या’न फाले

कोरियामा एक नेपाली युवकले घाँ’टीमा पा’सो लगाएर ज्या’न फाले

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ १४ गते शुक्रबार ०८:५७

कोरियामा एक नेपाली युवकले घाँ'टीमा पा'सो लगाई आफ्नो ज्यान फालेका छन् । रामेछाप मन्थली नगरपालिका भुलुवाजोरका विष्णु श्रेष्ठले आइतबार साँझ घाँ'टीमा पा'सो लगाएका हुन् । रोजगारीको सिलसिलामा कोरिया गई विगत तीन वर्षदेखि त्यहाँ कार्यरत...

कोरियामा एक नेपाली युवकले घाँ’टीमा पा’सो लगाई आफ्नो ज्यान फालेका छन् । रामेछाप मन्थली नगरपालिका भुलुवाजोरका विष्णु श्रेष्ठले आइतबार साँझ घाँ’टीमा पा’सो लगाएका हुन् ।

रोजगारीको सिलसिलामा कोरिया गई विगत तीन वर्षदेखि त्यहाँ कार्यरत विष्णु किम्हे खिन्हुङस्थित मासुका लागि पालिने एक गोरु फार्ममा कार्यरत रहेका थिए ।

उनले आइतबार त्यहाँको स्थानीय समयानुसार साँझ ७ बजेसम्म घरमै कुरा गर्दै गरेको उनका सहकर्मीले बताएका छन् । उनीसहित तीन जना नेपाली कामदार रहेको उक्त गोरु फार्ममा आइतबार काम सकेपछि साँझ दुई साथी ‘इभिनिङ वाक’ का लागि निस्केका थिए ।

उनलाई पनि सँगै जान अनुरोध गरेको तर थकाइ लागेका कारण जान नमानेपछि श्रेष्ठलाई कोठामै छाडेर दुई साथी निस्केका थिए । उनीहरु फर्किएर आउँदा विष्णु कोठामा नै पासो लगाएको अवस्थामा भेटिएका थिए ।

घटनापछि नेपाली राजदूतावास सउल र मृतकका घरमा पनि खबर गरिएको जनाइएको छ । मृ’तककी श्रीमती, एक छोरी र बुबाआमा हुनुहुन्छ ।

प्रकाशित मिति २०७८ जेठ १४ गते शुक्रबार ०८:५७
प्रतिक्रिया दिनुहोस