मनिषा कोइरालाको सम्राटसँग विबाह हुनु अघि यि अभिनेतासँग जोडिएको थियो नाम

मनिषा कोइरालाको सम्राटसँग विबाह हुनु अघि यि अभिनेतासँग जोडिएको थियो नाम

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ ३ गते सोमबार ०७:५०

बैशालु उमेरमा मनिषा कोइरालाको जीवनशैली लोभलाग्दो थियो । सलमान खानदेखि आमिर खानसम्म, शाहरुखदेखि अनिल कपुरसम्मका एक से एक सुपरस्टारसँग स्क्रिन शेयर गरेकी उनी पछिल्लो समय संजय दत्तको बहुचर्चित बायोपिकमा ‘सन्जु’मा उनी आमा बनेर...

बैशालु उमेरमा मनिषा कोइरालाको जीवनशैली लोभलाग्दो थियो । सलमान खानदेखि आमिर खानसम्म, शाहरुखदेखि अनिल कपुरसम्मका एक से एक सुपरस्टारसँग स्क्रिन शेयर गरेकी उनी पछिल्लो समय संजय दत्तको बहुचर्चित बायोपिकमा ‘सन्जु’मा उनी आमा बनेर झुल्किइन् ।

आखिर जे भएपनि बिवाह, सम्बन्ध बिच्छेद, क्यान्सर रोग जस्ता अप्रत्यासित परिघटनाबाट गुज्रदै आएकी मनिषाको फिल्मी जीवन सफल रहयो । मनिषा त्यस्ती नेपाली चेली हुन्, जसले बलिउड जस्तो विश्वकै ठूलो फिल्मी उद्योगमा आफ्नो दर्बिलो उपस्थिती जनाइन् ।

सौदागर, मन, १९४२ अ लभ स्टोरी , दिल से, अग्नी साक्षी, अकेले हम अकेले तुम जस्ता सुपरहिट फिल्म दिएकी उनी ९० को दशकमा निकै चम्किएकी थिइन् । उनले पाचवटा भाषाको लगभग ८० भन्दा बढी फिल्म खेलिन् ।मनिषाको बलिउड करियर सन् १९९१ बट सुभाष घई निर्देशित फिल्म सौदागरबाट भएको हो ।

उनी त्यसबेलाका लिजेन्ड कलाकार राजकुमार–दिलीपकुमारसँग एकसाथ ठूलो पर्दामा देखिएकी थिइन् । यही फिल्म उनको सबैभन्दा ठूलो ब्लकबस्टर हिट फिल्म साबित भयो । करियरको पूर्वाद्ध सानदार रह्यो । उनी रातारात हिट भइन ।

प्रकाशित मिति २०७८ जेठ ३ गते सोमबार ०७:५०
प्रतिक्रिया दिनुहोस