महात्मा गान्धीका पनातीको कोरोना संक्रमणबाट मृत्यु

महात्मा गान्धीका पनातीको कोरोना संक्रमणबाट मृत्यु

सञ्चार बाणी

@SancharBani

२०७७ मङ्सिर ८ गते सोमबार ०१:२२

जोहानेसबर्ग : महात्मा गान्धीका पनाती सतिश धुपेलियाको कोभिड १९ का कारण निधन भएको छ । दक्षिण अफ्रिकामा बस्दैआएका उनी एक महिनाअघि निमोनियाका कारण अस्पताल भर्ना भएका थिए । अस्पतालमै उनलाई कोरोना संक्रमण भएको थियो । आफ्नो ६६औँ जन्मदिनको...

जोहानेसबर्ग : महात्मा गान्धीका पनाती सतिश धुपेलियाको कोभिड १९ का कारण निधन भएको छ ।

दक्षिण अफ्रिकामा बस्दैआएका उनी एक महिनाअघि निमोनियाका कारण अस्पताल भर्ना भएका थिए । अस्पतालमै उनलाई कोरोना संक्रमण भएको थियो । आफ्नो ६६औँ जन्मदिनको तीन दिनपछि यही आइतबार सतिशको दक्षिण अफ्रिकामै निधन भएको हो । धुपेलियाकी बहिनी उमा धुपेलियाका अनुसार सतिश बहिनीहरुको साथमा जोहानेसबर्गमा बस्दैआएका थिए ।

कुशल फोटोग्राफर समेत रहेका सतिशले हजुरबा गान्धीको सम्झनामा केही प्रोजेक्टको काम समेत गरिरहेका थिए । धुपियाले जीवनको धेरैजसो समय मिडियामा बिताए । विशेषगरी भिडियोग्राफी र फोटोग्राफीमा उनी सक्रिय थिए ।

यससँगै उनले गान्धी विकास कोषका लागि पनि काम गरेका थिए । दक्षिण अफ्रिकाका उच्च अधिकारी सहित राजनीतिज्ञहरुले समेत सतिशको निधनमा दुख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रकाशित मिति २०७७ मङ्सिर ८ गते सोमबार ०१:२२
प्रतिक्रिया दिनुहोस