गण्डकी चेम्बरकाे अध्यक्षमा किसान मनोनित

गण्डकी चेम्बरकाे अध्यक्षमा किसान मनोनित

ऋषि राम दाहाल

@SancharBani

२०७८ बैशाख ३१ गते शुक्रबार ०९:३३

कास्की - गण्डकी चेम्बर अफ कमर्स गण्डकीको अध्यक्षमा पोखराका युवा व्यवसायी किसान सुनार मनोनित भएका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आगामी तीन वर्षे कार्यकालका लागि सुनारलाई अध्यक्षमा मनोनयन गरेका हुन् । पोखरा...

कास्की – गण्डकी चेम्बर अफ कमर्स गण्डकीको अध्यक्षमा पोखराका युवा व्यवसायी किसान सुनार मनोनित भएका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आगामी तीन वर्षे कार्यकालका लागि सुनारलाई अध्यक्षमा मनोनयन गरेका हुन् ।

पोखरा चेम्बर अफ कमर्स कास्कीका संस्थापक अध्यक्ष सुनारले चेम्बरको संस्थापक विकासमा योगदान पुर्याएका थिए। चेम्बरको विधान अनुसार उनलाई अध्यक्षमा मनोनित गरिएको हो ।

विभिन्न व्यवासायिक तथा सामाजिक संघ संस्थामा क्रियासिल सुनारको कार्यकालमा पोखरा चेम्बर अफ कमर्स कास्की देशकै उदाहरणीय जिल्ला शाखाको रुपमा स्थापित भएको थियाे । सुनारले सबै जिल्लाका उद्योगी व्यवसायीलाई समेटेर १९ सदस्यीय कार्य समिति बनाउने जानकारी दिए ।

स्राेतःअाम नेपाली

प्रकाशित मिति २०७८ बैशाख ३१ गते शुक्रबार ०९:३३
प्रतिक्रिया दिनुहोस