झुक्किएर पनि नगर्नुहोस् यस्तो सिन्दुर प्रयोग, निम्तिन सक्छ पतिको बर्बादी

झुक्किएर पनि नगर्नुहोस् यस्तो सिन्दुर प्रयोग, निम्तिन सक्छ पतिको बर्बादी

सञ्चार बाणी

@SancharBani

२०७८ बैशाख ३० गते बिहिबार ०८:३२

काठमाडौँ । विवाहित हिन्दु महिलाहरुले सिन्दुर लगाउने गर्दछन्। यसलाई सौभाग्यको प्रतिकको रुपमा लिइन्छ। महिलाले सिन्दुर लगाउँदा श्रीमानको आयु बढ्ने जनविश्वास समेत रहिआएको छ। हिन्दु धर्ममा सिन्दुर लगाउनको लागि कैयौँ नियमहरु बताईएको...

काठमाडौँ । विवाहित हिन्दु महिलाहरुले सिन्दुर लगाउने गर्दछन्। यसलाई सौभाग्यको प्रतिकको रुपमा लिइन्छ। महिलाले सिन्दुर लगाउँदा श्रीमानको आयु बढ्ने जनविश्वास समेत रहिआएको छ।

हिन्दु धर्ममा सिन्दुर लगाउनको लागि कैयौँ नियमहरु बताईएको छ। यसको पालन नगरेमा धेरै किसिमका समस्याहरु आउने सक्ने आशंका गरिएको छ। विवाहित महिलाले सिन्दुर लगाउनु अघि शास्त्रमा भनिएको कुरालाई पछ्याउनु उत्तम मानिन्छ। यसो गर्नाले धन बृद्धि हुँने बताइन्छ।

शास्त्रमा उल्लेख भए अनुसार नगरे श्रीमानको प्रगतीमा रुकावट आउँने, धन हानी, खर्च बढ्ने र ऋण लाग्ने बताइन्छ।

त्यसकारण सिन्दुर लगाउनु अघि यी कुरामा ध्यान दिनु जरुरी छः

१) कुनै अर्को महिलाको सिन्दुर आफ्नो सिउँदोमा लगाउनुहुदैँन।
२) आफ्नो पति बाहेक अरुले किनेर दिएको सिन्दुर लगाउनुहुदैँन।
३) यदि कसैले तपाईलाई सिन्दुर उपहार दिन्छ भने त्यस्ता सिन्दुरहरु लगाउनुहुदैँन।

विवाहित महिलाले यी चीज पनि लगाउनु हुँदैन

भनिन्छ कि विवाहित महिलाले सेतो साडी कहिले पनि लगाउनु हुँदैन, किनकि महिलालाई सेतो साडी लगाउनु अशुभ मानिन्छ। यससँगै यो साडी विधवा महिलाको प्रतीक मानिन्छ किनकि जब एक महिलाको लोग्ने मर्दछन्, उनलाई सेतो साडी लगाउनु पर्छ। यस कारणले गर्दा विवाहित महिलाले सेतो साडी लगाउनु हुँदैन।

आजको समयमा, महिलाले सुनको पाउजु र बिछियाँ लगाइरहेकी छन्, तर खुट्टामा सुनले बनेको कुनै चीज कहिले पनि लगाउँदैनन् किनभने सुन कुबेर देवताको प्रतीक मानिन्छ र यदि तपाईले सुनको पाउजु वा नेटल लगाउनु हुन्छ भने तपाईसँग कुबेर देवता रिसाउनुहुन्छ भन्ने मान्यता छ ।

भनिन्छ कि चुराहरु विवाहित महिलाहरूको श्रृंगार हो तर सुहागिन विवाहित महिलाले कहिल्यै हातमा कालो चुरा लगाउनु हुँदैन किनकि यसले उनीहरूको वैवाहिक जीवनमा खतरा पार्दछ र पतिलाई पनि नोक्सान हुनसक्छ

प्रकाशित मिति २०७८ बैशाख ३० गते बिहिबार ०८:३२
प्रतिक्रिया दिनुहोस