राष्ट्रिय संगीतकर्मी संघ कास्कीद्घारा जिल्ला ट्रफिक प्रहरी कार्यालय कास्कीलाई स्वास्थ्य सामाग्री हस्तान्तारण

राष्ट्रिय संगीतकर्मी संघ कास्कीद्घारा जिल्ला ट्रफिक प्रहरी कार्यालय कास्कीलाई स्वास्थ्य सामाग्री हस्तान्तारण

ऋषिराम दाहाल

@SancharBani

२०७८ बैशाख २८ गते मङ्गलबार ०१:४८

पोखरा-राष्ट्रिय संगीतकर्मी संघ कास्की कार्यसमितिद्वारा आज एक कार्यक्रमका बीच जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई १५ सय माक्स तथा सेनिटाईजर हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा बोल्दै संगीतकर्मीसंघ कास्की जिल्लाका...

पोखरा-राष्ट्रिय संगीतकर्मी संघ कास्की कार्यसमितिद्वारा आज एक कार्यक्रमका बीच जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई १५ सय माक्स तथा सेनिटाईजर हस्तान्तरण गरेको छ ।

उक्त कार्यक्रममा बोल्दै संगीतकर्मीसंघ कास्की जिल्लाका अध्यक्ष ऋषिराम दाहालले कोरोनाको यो बिषम परिस्थितिमा अग्रपंक्तिमा रहेर खटिएका ट्राफिक प्रहरीहरु सुरक्षित भए आम नागरिक सुरक्षित हुने भन्दै ट्राफिक प्रहरीलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री बितरण गरेर कोभीड १९ को लडाईमा संगीतकर्मीहरुपनि सँगै छौं भन्ने सन्देश दिएका छन् ।

उक्त कार्यक्रममा संस्थाका सल्लाहकार नारायण सिक्देल, फर्स बहादुर भाट क्षेत्री ,गण्डकी प्रदेशकि महिला सचिव कल्पना सिक्देल तथा कास्की जिल्ला ईन्चार्ज लिला पौडेल लगायत ट्राफिक प्रहरी अधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कास्की जिल्ला ईन्चार्ज लिला पौडेलले आगामी दिनमा संगीतकर्मीहरुलाई पर्ने अप्ठयारोमा सक्दो सहयोग गर्ने पनि बताउनुभयो ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै ट्राफिक कार्यालयका सुचना अधिकारी पुर्ण बहादुर अधिकारीले संगीतकर्मीले सामाजिक उत्तरदायित्व बहन गरेको भन्दै ै संगीतकर्मीसंघ कास्की प्रति आभार ब्यक्त गर्नुेका साथै गीतसंगीतका माध्यमबाट सामाजिक सञ्जाल मार्फत भएपनि समाजमा कोरोना सम्बन्धि जनचेतना फैलाएर सहयोग गर्न पनि आग्रह गरे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पृथ्वी चोकको प्राङ्गणमा आयोजित उक्त कार्यक्रम संघका अध्यक्ष ऋषिराम दाहालको अध्यक्षतामा भएको थियो भने सञ्चालन संस्थाका उपाध्यक्ष सागर कार्कीले गरेका थिए ।

श्रोत:आमनेपाली डटकम

प्रकाशित मिति २०७८ बैशाख २८ गते मङ्गलबार ०१:४८
प्रतिक्रिया दिनुहोस