धेरै रिसाउने बानी छ ? चिनीको प्रयोगले यसरी गर्न सकिन्छ सधैँका लागि कन्ट्रोल

धेरै रिसाउने बानी छ ? चिनीको प्रयोगले यसरी गर्न सकिन्छ सधैँका लागि कन्ट्रोल

सञ्चार बाणी

@SancharBani

२०७८ बैशाख २७ गते सोमबार ०९:४४

काठमाडौँ । गुलियो स्वाद मन पराउनेले विभिन्न परिकारमा चिनी प्रयोग गर्छन्। चिनीको मिठासबारे कुरा गरिराख्नै परेन। वैज्ञानिकहरूले एउटा यस्तो दाबी पनि गरेका छन् कि, चिनीले रिस कम गर्न भूमिका खेल्छ। चिनी खाँदा जिब्रोमा जति मिठास उत्पन्न...

काठमाडौँ । गुलियो स्वाद मन पराउनेले विभिन्न परिकारमा चिनी प्रयोग गर्छन्। चिनीको मिठासबारे कुरा गरिराख्नै परेन। वैज्ञानिकहरूले एउटा यस्तो दाबी पनि गरेका छन् कि, चिनीले रिस कम गर्न भूमिका खेल्छ।

चिनी खाँदा जिब्रोमा जति मिठास उत्पन्न हुन्छ, त्यति नै तनाव अन्त्य गरेर मीठो प्रतिफल पनि प्राप्त हुने लन्डन युनिभर्सिटीका वैज्ञानिकहरूले बताएका छन्। उनीहरूले अनुसन्धानपछि दाबी गरेका छन् कि, चिनीले रिस अन्त्य गरेर दिमाग शान्त र रोमान्टिक बनाउन मद्दत गर्छ।

उनीहरूका अनुसार मस्तिष्कको एक हिस्साले हरेक कुराको निर्णय लिने र आक्रोश नियन्त्रण गर्ने काम गर्छ र चिनीले मस्तिष्कको उही हिस्सालाई ऊर्जा दिएर सक्रिय बनाउँछ।

कैयौँ पुरुष र महिलालाई दुई समूह बनाएर यो अनुसन्धानमा सहभागी गराइएको थियो।एक समूहलाई चिनी राखिएको कागती पानी र अर्को समूहलाई कृत्रिम मिठासयुक्त परिकार खान दिइएको थियो ।

शोधकर्ताले भनेका छन्, चिनी मिसाइएको कागती पानी पिउनेको दिमाग अर्को समूहको तुलनामा केहीबेरमै शान्त र रोमान्टिक पाइएको थियो।

प्रकाशित मिति २०७८ बैशाख २७ गते सोमबार ०९:४४
प्रतिक्रिया दिनुहोस