यस्ता छन् भगवान श्रीरामका भाइ शत्रुघ्नका खास रहस्य !

यस्ता छन् भगवान श्रीरामका भाइ शत्रुघ्नका खास रहस्य !

सञ्चार बाणी

@SancharBani

२०७७ मङ्सिर ६ गते शनिवार ०४:०३

काठमाडौं- हिन्दु धर्मग्रन्थ रामायणमा उल्लेख भएअनुसार अयोध्याका राजा दरशरथका कौशल्या, सुमित्रा र कैकेयी गरी तीन वटी श्रीमती थिए । उनीहरुबाट चार पुत्र जन्मिए । त्यस मध्ये ज्येष्ठ पुत्र थिए भगवान श्रीराम । रामका तीन भाइ थिए । लक्ष्मण...

काठमाडौं- हिन्दु धर्मग्रन्थ रामायणमा उल्लेख भएअनुसार अयोध्याका राजा दरशरथका कौशल्या, सुमित्रा र कैकेयी गरी तीन वटी श्रीमती थिए ।

उनीहरुबाट चार पुत्र जन्मिए । त्यस मध्ये ज्येष्ठ पुत्र थिए भगवान श्रीराम । रामका तीन भाइ थिए । लक्ष्मण भरत र शत्रुघ्न । राम कौशल्याका पुत्र थिए भने सुमित्राका पुत्र लक्ष्मण र शत्रुघ्न थिए ।

त्यस्तै कैकेयीका पुत्र थिए भरत । शत्रुघ्न चार दाजु भाइमध्ये सबैभन्दा कान्छा थिए । श्रीरामका दुई बहिनी पनि थिए, शान्ता र कुकबी ।

आज हामी तपाईलाई राजा दशरथका कान्छो छोरा शत्रुघ्नको बारेमा केही रहस्यमय कुरा जानकारी दिदैछौँ-

१. राम वनवास गएपछि शत्रुघ्नले राजा भरतको सेवा गरेका थिए । उनले सबैलाई छोडेर दाजुको सेवामा तल्लिन हुनु नै आफ्नो कर्तव्य सम्झिए ।

२. मन्थराको कारण नै भगवान श्रीराम वनवास जानुपरेको खबर थाहा पाएपछि उनले लात्तिले हानेर मन्थरा तोडेका थिए ।

३. शत्रुघ्नकी श्रीमतीको नाम श्रुतकीर्ति थियो । उनी राजा जनकका भाई कुशध्वजकी छोरी थिइन् ।

४. मथुरामा शत्रुघ्नका पुत्र सुवाहु र विदीशामा अर्का पुत्र शत्रुघातीको शासन थियो ।

५. श्रीरामको आदेशपछि शत्रुघ्नले मथुराका राजा लवासुरको वध गरेका थिए ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति २०७७ मङ्सिर ६ गते शनिवार ०४:०३
प्रतिक्रिया दिनुहोस
  • आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल

    आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल
    २०८२ जेठ ११ गते शनिवार १२:३९

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल
    २०८२ बैशाख २५ गते बिहिबार ०१:०७

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल
    २०८२ बैशाख १८ गते बिहिबार ०१:५४

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल
    २०८२ बैशाख १४ गते आईतबार १२:३७