सत्यदेवी बरालको किर्तन/भजन ‘हरेराम…’ बिश्व बजारमा (भिडीयो सहित)

सत्यदेवी बरालको किर्तन/भजन ‘हरेराम…’ बिश्व बजारमा (भिडीयो सहित)

सञ्चार बाणी

@SancharBani

२०७८ बैशाख २४ गते शुक्रबार ०५:२०

पोखरा/चर्चित गायक पशुपति शर्मा र देबी घर्तीलाई साथ लिएर आमा सत्यदेवी बरालले यो बन्दावन्दीको समयमा "जीबनको सार- हरेराम "नमस्ते पोखरा युटुबबाट विश्व बजारमा रिलिज गरेकी छिन ! अत्यन्तै राम्रा शब्दहरू कोर्ने गायीका सत्यदेवी बराल स्वयमको...

पोखरा/चर्चित गायक पशुपति शर्मा र देबी घर्तीलाई साथ लिएर आमा सत्यदेवी बरालले यो बन्दावन्दीको समयमा “जीबनको सार- हरेराम “नमस्ते पोखरा युटुबबाट विश्व बजारमा रिलिज गरेकी छिन !

अत्यन्तै राम्रा शब्दहरू कोर्ने गायीका सत्यदेवी बराल स्वयमको जोश जागर र उर्जा यस किर्तनमा हेर्न पाइन्छ।भगवान राम र कृष्णलाई पुकार्दै यो विचित्रको संसारबाट थाकिसकेको साथै विश्वमा कहि पनि शान्ति नरहेको त्यसैले सवैको मनमा बिरहको पैह्रो गईरहेको समेत गीतमार्फत उजागर गरेकी छ्न ! जन्ममृत्यु सुख दुख करिमको खेल हो भगवानको नाम साँचो हो तर मायाको खेल झुटो हुन सक्छ भन्दै जन्मभूमी, ज्ञान र तपको भुमी हो भनेर संसारमा भलोहोस भन्दै भगवान संग पुकार गरेकीछिन।

अत्यन्तै राम्रा शब्द अनी लय संयोजनमा बनेको यो किर्तनमा स्वयम सत्यदेबी बरालसंगै चर्चित गायक पशुपती शर्मा र देवी घर्तिको स्वरले गीतलाई उत्कृस्ट बनाएको छ ! यस गीतमा संगीत संयोजन बिनोद बाजुरालीको छ ।
चर्चित गायक पशुपती शर्माको स्वर संगै भिडियोमा समेत उनलाई देख्न पाइन्छ ! पोखराको राम मन्दीरमा छायांकन गरिएको भिडियोको निर्देशन नमस्ते पोखराका संचालक निर्देशक छबि सुवेदीले गरेका छन ! यस गीतमा छायांकन: शिबराजा भूर्तेल, सह-छायांकन : सुरेशभुर्तेल श्रृगार : बिनिता पौडेल सुबेदी सम्पादन/रंगरोगन: सुवास अम्गाईले गरेका छन ! नमस्ते पोखरा ब्रोडकास्टीङ्ग स्टुडियो प्रालीको अडियो / भिडियो रहेको यो किर्तन (भजन ) मोफसलमा बनेको उत्कृस्ट गीत मान्न सकिन्छ ! विश्वनै कोभीड (कोरोना) को कारण ठप्प छ यसअवस्थामा यस्ता गीत ले सवैमा सकारात्मक उर्जा प्रदान गर्ने देखीन्छ !

हे कृष्ण, हरिबोल, दुई पाखे कटेरी लगायतका गीतहरु बजारमा ल्याईसकेकी सत्यदेवी बरालका केही गीतहरू निकट भविश्यमै आउने क्रममा छ्न !

हेरौ भिडीयो:

प्रकाशित मिति २०७८ बैशाख २४ गते शुक्रबार ०५:२०
प्रतिक्रिया दिनुहोस
  • आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल

    आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल
    २०८२ जेठ ११ गते शनिवार १२:३९

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल
    २०८२ बैशाख २५ गते बिहिबार ०१:०७

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल
    २०८२ बैशाख १८ गते बिहिबार ०१:५४

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल
    २०८२ बैशाख १४ गते आईतबार १२:३७