यस्तो सपना देख्नुभयो ? उसो भए तपाई चाडै धनी बन्दै हुनुहुन्छ

यस्तो सपना देख्नुभयो ? उसो भए तपाई चाडै धनी बन्दै हुनुहुन्छ

सञ्चार बाणी

@SancharBani

२०७८ बैशाख २४ गते शुक्रबार ०४:२८

काठमाडौँ । तपाई जुन सपना देख्नुहुन्छ त्यस्ता सपनाले तपाईको भविष्यका शुभ र अशुका लक्षणको संकेत गर्छ । अवचेतन मस्तिस्कमा आएका दृश्यहरुले तपाईको वास्तविक जीवनमा पनि असर पर्न सक्छ । केही यस्ता केही सपनाले तपाईलाई धनी बनाउने मार्गमा...

काठमाडौँ । तपाई जुन सपना देख्नुहुन्छ त्यस्ता सपनाले तपाईको भविष्यका शुभ र अशुका लक्षणको संकेत गर्छ ।

अवचेतन मस्तिस्कमा आएका दृश्यहरुले तपाईको वास्तविक जीवनमा पनि असर पर्न सक्छ । केही यस्ता केही सपनाले तपाईलाई धनी बनाउने मार्गमा लान लागिरहेको हुन्छ तर तपाईंलाई थाहा नहुन सक्छ ।

आज हामी तपाईलाई कुन सपना देख्दा शुभ फल प्राप्त हुन्छ भन्ने बारेमा चर्चा गर्ने छौँः

सपनामा हरियाली देख्नु
यदी तपाई हरेक रातको सपनामा हरियाली युक्त बगैचा, हरिया रुख विरुवा देख्नु हुन्छ भने तपाईंलाई चाढै नै धेरै धनलाभ हुने संकेत गर्दछ । यसका साथै सपनामा लक्ष्मीको बाहन उल्लूलाई देख्नु भयो भने तपाईलाई चाँढै धन प्राप्ति हुने वाला छ ।

शंखको आवाज
सपनामा तपाई शंख तथा मन्दिरको घण्टको आवाज सुन्नु हुन्छ भने तपाईलाई चाँढै धनको वर्षा हुने संकत गर्दछ ।

रातो साडी लगाएकी महिला
यदी तपाई कुनै काममा जाँदै हुनुहुन्छ र बाटोमा रातो साडी लगाएकी, श्रंगार गरेकी कुनै स्त्री देख्नुुहुन्छ भने तपाईको अगाडि उनी महालक्ष्मीको रुप लिएर आएकी हुन्छिन् । जसको अर्थ तपाईको धन प्राप्तिको योग छ ।

फूल देख्नु
विहान उठ्ने वित्तिकै फूल देख्नु शुभ मानिन्छ । यसका साथै फूलको माला पनि शुभ संकतको रुपमा लिने गरिएको छ । जसलाई तपाईले सपनामा देख्दा समेत धनको योग चाढै मिल्ने छ ।

कन्यालाई पैसा दिनु
हिन्दू शास्त्रमा शुक्रबारको दिन महालक्ष्मीको दिन मानिन्छ । यदी तपाईले यस दिन कन्यालाई सिक्का दिनुभयो भने तपाईंको लागि यो लक्कि दिन हुनेछ । यस सिक्काले तपाईंको धन प्राप्तिलाई सहयोग पुर्याउछ।

गाईलाई देख्नु
यदी तपाई घरबाट बाहिर निस्कन लागेको बेलामा सेतो रंगको गाई देख्नु भयो भने शुभ संकत हो । कालो गाइ देख्नुभयो भने खास लाभ हुने छैन ।

हात्ती देख्नु
सपनामा यदी तपाई हात्ती घोडा, गहू देख्नुहुन्छ भने तपाईको धनलाभको समय आएको प्रतित हुन्छ ।

प्रकाशित मिति २०७८ बैशाख २४ गते शुक्रबार ०४:२८
प्रतिक्रिया दिनुहोस
  • आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल

    आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल
    २०८२ जेठ ११ गते शनिवार १२:३९

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल
    २०८२ बैशाख २५ गते बिहिबार ०१:०७

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल
    २०८२ बैशाख १८ गते बिहिबार ०१:५४

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल
    २०८२ बैशाख १४ गते आईतबार १२:३७