श्रीमानको मृत्यु पछि काजकिरियामा बसेकी नर्सले मलिन स्वरमा भनिन्- दाजु मैले मेरो छोरालाई के उत्तर दिने?

श्रीमानको मृत्यु पछि काजकिरियामा बसेकी नर्सले मलिन स्वरमा भनिन्- दाजु मैले मेरो छोरालाई के उत्तर दिने?

सञ्चार बाणी

@SancharBani

२०७८ बैशाख २२ गते बुधबार ०३:२६

विगत एकवर्ष देखि क्यान्सर रोगसँग लड्दै आएका आफ्नो श्रीमानको उपचारका क्रममा मृत्यु भएपछि आफ्नो अबोध छोरालाई बाबू खोइ मामु भन्दा के जवाफ दिने दाजु भन्दै चिन्तित अवस्थामा अहिले काठमाण्डौंको पशुपति क्षेत्रमा काजकिरियामा बसेकी नर्सले...

विगत एकवर्ष देखि क्यान्सर रोगसँग लड्दै आएका आफ्नो श्रीमानको उपचारका क्रममा मृत्यु भएपछि आफ्नो अबोध छोरालाई बाबू खोइ मामु भन्दा के जवाफ दिने दाजु भन्दै चिन्तित अवस्थामा अहिले काठमाण्डौंको पशुपति क्षेत्रमा काजकिरियामा बसेकी नर्सले मलिन स्वरमा उनले भनिन् ।

भेरी अस्पताल नेपालगन्जमा कोभिड वार्डमा कार्यरत नर्स सुनिता कुमारी सहकारीका श्रीमानको काठमाण्डौंको पाटन अस्पतालमा उपचार गराउने क्रममा ५ दिन अगाडि मृत्यु भएको थियोे । उनी अहिले काठमाण्डौको पशुपति मन्दिरमा आफ्नो श्रीमानको काजकिरियामा बसेकी छिन् ।

नेपालगन्ज देखि काठमाण्डौं ल्याउदा उपचार गराएर सन्चो गराउछु भनेर ल्याएको थिए तर दैव पनि मै माथि लाग्यो थुप्रै महानुभावहरुको आर्थिक सहयोगमा उपचार गरेर पनि बचाउन सकिन उनले रुदै बिलौना गरिन् ।

म कसरी नेपालगन्ज फर्किउ अनि त्यो अबोध बालकलाई बाबा खोइ भन्दा के जवाफ दिने हो उनी कुरा गर्दागर्दै भावुक बनिन् । घरको आर्थिक स्थिति दयनीय भएको हुदा सबैलाई हा र गु हार गरेर उपचार गर्दै थिए दैव आएर टिपेर लग्यो उनले बताइन् ।

प्रकाशित मिति २०७८ बैशाख २२ गते बुधबार ०३:२६
प्रतिक्रिया दिनुहोस
  • भाग्य बदलिन छोरी नै जन्मिनु पर्छ

    भाग्य बदलिन छोरी नै जन्मिनु पर्छ
    २०७८ कार्तिक २९ गते सोमबार १२:३२

    भाग्य बदलिन छोरी नै जन्मिनु पर्छ

    भाग्य बदलिन छोरी नै जन्मिनु पर्छ
    २०७८ कार्तिक २९ गते सोमबार १२:२४