अमेरिकामा आठ जनाको हत्यापछि बन्दुकधारीले गरे आत्महत्या

अमेरिकामा आठ जनाको हत्यापछि बन्दुकधारीले गरे आत्महत्या

सञ्चार बाणी

@SancharBani

२०७८ बैशाख ३ गते शुक्रबार ०८:१०

एजेन्सी/ अमेरिकाको इन्डियानापोलिसमा बिहीबार राति गोली चल्दा कम्तीमा पनि आठ जनाको मृत्यु भएको छ। न्युयोर्क टाइम्सका अनुसार इन्डियाना राज्यको इन्डियानापोलिसस्थित फेडएक्स वेयरहाउसमा गोली चल्दा आठ जनाको मृत्यु भएको हो। गोली...

एजेन्सी/ अमेरिकाको इन्डियानापोलिसमा बिहीबार राति गोली चल्दा कम्तीमा पनि आठ जनाको मृत्यु भएको छ।

न्युयोर्क टाइम्सका अनुसार इन्डियाना राज्यको इन्डियानापोलिसस्थित फेडएक्स वेयरहाउसमा गोली चल्दा आठ जनाको मृत्यु भएको हो। गोली हान्ने व्यक्तिले आत्महत्या गरेको प्रहरीले बताएको छ।

इन्डियानापोलिस महानगर प्रहरी विभागकी अधिकारी जेनेइ कुकले शुक्रबार बिहान आठ जनाले ज्यान गुमाएको बताएकी थिइन्। केही मानिस घाइते भएका थिए।

‘उनीहरूलाई विभिन्न क्षेत्रको अस्पतालमा भर्ना गरिएको छ,’ उनले भनिन्।
अमेरिकामा नागरिकले खुलमखुला बन्दुक राख्न पाउँछन्। बेलाबेलामा विभिन्न सहरमा बन्दुकधारीको आक्रमणमा परी मृत्यु हुने गरेको छ।
केही दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुकलाई नियन्त्रण गर्न कदम चाल्ने बताएका थिए।

प्रकाशित मिति २०७८ बैशाख ३ गते शुक्रबार ०८:१०
प्रतिक्रिया दिनुहोस