तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली “रोधीं घर” (भिडीयो)

तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली “रोधीं घर” (भिडीयो)

सञ्चार बाणी

@SancharBani

२०७८ बैशाख ३ गते शुक्रबार ०५:५१

यस गीतको दृश्याकंन ससुराली रोधीं घर, न्यूरोड, पोखरामा गरिएको हो । गीतको‌ मुख्य कलाकारको भूमिकामा गायक प्रदीप त्रिपाठी र तुलसी क्षेत्री स्वयम् रहेका छन् ‌।

लोक तथा दोहोरी गीत "रोधीं घर आइरहने बनायो" सार्वजनिक

बैशाख ०२, पोखरा/ नयाँ बर्षको शुभकामना स्वरुप लोकप्रिय गायिका एवम् नायिका तुलसी क्षेत्रीको‌ पछिल्लो लोक तथा दोहोरी गीत “रोधीं घर आइरहने बनायो” जि.सी. इन्टरटेन्मेन्ट युट्युब च्यानल मार्फत सर्बत्र ‌बजारमा आएको छ ।

सबै खाले गीतमा उत्तिकै न्याय गरेर गाउने सुमधुर स्वरकी धनी‌‌ तुलसी क्षेत्रीलाई सह गायनमा लोकप्रिय गायक प्रदीप त्रिपाठीले साथ दिएका छन् । गीतको रचना तुलसी क्षेत्री र संगीत प्रदीप त्रिपाठीको‌ रहेको छ‌ ।

यस गीतको दृश्याकंन ससुराली रोधीं घर, न्यूरोड, पोखरामा गरिएको हो । गीतको‌ मुख्य कलाकारको भूमिकामा गायक प्रदीप त्रिपाठी र तुलसी क्षेत्री स्वयम् रहेका छन् ‌। अन्य थुप्रै कलाकारहरुलाई‌ पनि यस गीतको भिजुयलमा देख्न सकिन्छ ‌।

साथीभाइहरुको सँगतले रोधी घर पुगेका प्रदीपलाई रोधी घरकी गायिका तुलसीको‌ सुन्दरताले तान्छ अनि उनी सधैँ रोधीं घर पुग्छन् ।‌ यसै कथावस्तुलसई आधार बनाएर बनाइएको यस गीतमा रोधीं घर अर्थात् दोहोरी साँझ गाउने गायिका र त्यहाँ जाने पाहुना बीचको भएको निकै रोचक दोहोरी जुगलबन्दी सुन्न पाइन्छ ।

गीत र गीतको भिजुयल निकै दमदार बनेको छ । यसरी गीतको‌ जुन मर्म छ त्यो‌ मर्मलाई उत्तिकै न्याय गर्ने गरि भिडियो वनाइदिएको‌मा खुशी ब्यक्त गर्दै गायिका तुलसी क्षेत्रीले भिडियो युनिटलाई धन्यवाद ब्यक्त गरेकी छिन् । यस भिडियोको भिडियो निर्देशक होम गुरुङ र छायांकन गणेश सापकोटा र इडिटिङ सुवास अम्गाईले गरेका हुन ।

लामो समयदेखि लोक गायन र अभिनय मार्फत छुट्टै पहिचान बनाएकी तुलसी क्षेत्री गीत संगीत र सिने जगतको गर्विलो नाम हो । समय सन्दर्भ अनुसारका गीत संगीत पस्किरहने सरल र मिजासिलो स्वभावकी तुलसीको मायाप्रेम, बिछोड, बियोगसङ्गै तीज, दशैं, तिहार बिशेष थुप्रै गीतहरु पनि बजारमा आएका छन् ।

यो गीतले उनलाई थप पहिचान दिनेमा उनी बिश्वस्त रहेकी छिन् ।
बाला जोबन, ब्लाक एन्ड ह्वाइट, चामल चौलानी, झिलीमिली तिहार, नामर्द पोइ, सानु मायालाई, माइतैमा दिल बस्यो बिरलै, दुःख पाइदो रैछ आदि उनीद्वारा स्वरबद्ध लोकप्रिय गीतहरू हुन । गायन सङ्ग सङ्गै अभिनय कलामा पनि उत्तिकै पारङ्गत तुलसीले अग्निदहन, क्या बात चलचित्र र अन्य थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ‌भने उनीद्वारा अभिनित चलचित्र “वडा अध्यक्ष” रिलिज हुने क्रममा रहेको छ ।

भिडीयो:

प्रकाशित मिति २०७८ बैशाख ३ गते शुक्रबार ०५:५१
प्रतिक्रिया दिनुहोस