आफ्नै बाबुबाट बलात्कृत छोरीले जन्माइन् छोरा

आफ्नै बाबुबाट बलात्कृत छोरीले जन्माइन्  छोरा

सञ्चार बाणी

@SancharBani

२०७७ चैत १५ गते आईतबार ०४:२३

गुल्मी, १५ चैत आफ्नै बाबुबाट बलात्कृत छोरीले छोरा जन्माएकी छिन् । १५ वर्षीय ति किशोरीले ६५ वर्षीय आफ्नै बाबुको पेट बोकेकी हुन् । गुल्मी सदरमुकाम तम्घासमा ६५ वर्षीय बाबुबाट बलात्कृत किशोरीले आइतबार छोरालाई जन्म दिएकी हुन् ।...

गुल्मी, १५ चैत आफ्नै बाबुबाट बलात्कृत छोरीले छोरा जन्माएकी छिन् । १५ वर्षीय ति किशोरीले ६५ वर्षीय आफ्नै बाबुको पेट बोकेकी हुन् । गुल्मी सदरमुकाम तम्घासमा ६५ वर्षीय बाबुबाट बलात्कृत किशोरीले आइतबार छोरालाई जन्म दिएकी हुन् । सुत्केरी किशोरी र शिशुको अवस्था सामान्य छ ।

बाग्लुङ निसीखोला गाउँपालिका–६ ठेगाना भई १५ वर्षदेखि तम्घासमा धामी काम गर्दै आएका वृद्धले छोरी बलात्कार गर्दा पेटमा गर्भ रहेको घटना केही समयअघि बाहिर आएको थियो ।

पीडितकी आमाको जाहेरीमा प्रहरीले बाबुलाई शुक्रबार मात्र नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति २०७७ चैत १५ गते आईतबार ०४:२३
प्रतिक्रिया दिनुहोस