महाभारत युद्धका नियमहरू : कसरी र कसले तोडे पहिलो पटक ?

महाभारत युद्धका नियमहरू : कसरी र कसले तोडे पहिलो पटक ?

सञ्चार बाणी

@SancharBani

२०७७ चैत १३ गते शुक्रबार ०५:५७

जब पाण्डव १३ वर्षको निर्वासन पूरा गरी हस्तिनापुर फर्केका थिए, भगवान श्री कृष्णले पा‌ण्डवहरूको पक्ष कौरवको अगाडि राखे । खेलमा पाण्डवहरूले पराजित गरेको इन्द्रप्रस्थ श्री कृष्णले कौरवहरूसँग मागे तर उनलाई दुर्योधनले दिनबाट स्वीकार...

जब पाण्डव १३ वर्षको निर्वासन पूरा गरी हस्तिनापुर फर्केका थिए, भगवान श्री कृष्णले पा‌ण्डवहरूको पक्ष कौरवको अगाडि राखे । खेलमा पाण्डवहरूले पराजित गरेको इन्द्रप्रस्थ श्री कृष्णले कौरवहरूसँग मागे तर उनलाई दुर्योधनले दिनबाट स्वीकार गरेर श्रीकृष्णको उल्टै अपमान गरे । त्यसपछि कौरव र पाण्डवबीच युद्ध सुरु भयो।

दुवै पक्षले मिलेर युद्धको नियम बनाए । यी नियमहरू केही दिनका लागि युद्ध सुरु हुनुअघि अनुशरण गरिएका थिए । तर पछि यी नियमहरू धेरै पटक भंग गरियो र योद्धाहरू छलछामको सहारामा मारिए पनि ।

कौरभ र पाण्डवहरूले युद्धका लागि बनाएका नियमहरू
– यो लडाईं सूर्योदयभन्दा पहिले हुने छैन र सूर्यास्तसँगै त्यो दिनको लागि अन्त्य हुनेछ ।
– एक योद्धाको साथमा एक योद्धा मात्रै लड्न सक्छन् ।
– जुन योद्धाले आत्मसमर्पण गर्छ । उसलाई कुनै पनि पक्षले मार्ने छैन र चोट पनि पुर्‍याउन पाउने छैन ।
– द्वन्द्व युद्ध त्यतिबेला मात्रै सम्भव हुन्छ जब दुवैजनाको साथमा समान अस्त्र हुन्छ । समान अस्त्रसँगै दुवैसँग समान रथ, हात्ती वा घोडा दुवै पक्षबीच बराबर भए मात्रै त्यो युद्ध सम्भव हुन्छ ।
– आत्मसमर्पण गरेका योद्धालाई युद्ध बन्दी बनाइनेछ ।
– कुनै योद्धाले कुनै निशस्त्र योद्धालाई मार्ने वा चोट पुर्‍याउने छैन ।
– कुनै योद्धाले बेहोस योद्धालाई मार्ने वा चोट पुर्‍याउने छैन ।
– कुनै योद्धाले युद्धमा भाग नलिएको कुनै व्यक्ति वा पशुलाई मार्ने वा चोट पुर्‍याउने छैन ।
– कुनै योद्धाले कुनै योद्धालाई पछाडिबाट आक्रमण गर्ने छैन ।
– कसैले पनि महिला, युद्धबन्दी र किसानहरुलाई कुनैपनि हिसाबले हानि पुर्‍याउने छैन ।
– कुनै योद्धाले कुनैपनि जनावरलाई प्रत्यक्ष आक्रमण गर्ने छैन ।
– जुन शस्त्रको नियम बनाइएको छ ती सबै नियमहरू पूरापूर पालना गर्नुपर्नेछ । जस्तै गदाले कसैलाई पनि कम्मर मुनि आक्रमण गर्न मनाही छ ।

यी नियमहरू धेरै पटक उल्लंघन गरियो । एउटा उदाहरण युद्धको एक नियम यो थियो कि केवल एक योद्धाले एक योद्धासँग मात्रै लडाइँ गर्न सक्छ । उनीहरू बीच कुनै अर्को आउँदैनन् । जब कौरवहरूले महाभारतको १३ औं दिनमा चक्रव्यूह रचना गरे । कसैले पनि यसलाई छुट्याउन सकेनन् । केवल अर्जुन र श्री कृष्णलाई चक्रव्यूह भित्र छिर्ने र बाहिर निस्कने तरिका थाहा थियो । तर कौरवको तर्फबाट सुशर्माले अर्जुनलाई चक्रव्यूहबाट टाढै राखे, तब युधिष्ठिरको आदेशमा अभिमन्यु, भीम र सात्यकी चक्रव्यूह भित्र छिर्न गए । अभिमन्युलाई चक्रभित्र कसरी प्रवेश गर्ने भन्ने थाहा थियो तर कसरी उम्कने भन्ने थाहा थिएन। जब अभिमन्यु चक्रव्यूहमा फसे, तब कौरवहरूले मिलेर अभिमन्युलाई मारे । अभिमन्युलाई द्रोणाचार्य, कृपाचार्य, कृतवर्मा र कर्ण समेत मिलेर मारेका थिए । यसरी आफैँले बनाएको नियम पूरा गर्न सकेनन् ।

पितामह भीष्मपछि द्रोणाचार्यलाई कर्णको आदेशमा कौरवहरूको सेनापति बनाइयो । द्रोणाचार्यलाई पाण्डवहरूलाई हराउन गाह्रो भयो । तब भीमले भगवान् कृष्णको आदेशमा अश्वत्थामा नाम गरेको हात्तीलाई मारे र मैले अश्वत्थामालाई मार्ने कुरा भने । यो सुनेपछि द्रोणाचार्यले शोक महसुस गरे र युधिष्ठिरलाई यकिनका लागि सोधे । युधिष्ठिरले सधैं सत्य बोले । युधिष्ठिरले यो पनि भने कि अश्वत्थामा मारिए, तब द्रोणाचार्यले रथमा हतियार राखेर शोक र ध्यान गर्न थाले । त्यसपछि मात्र धृष्टद्युम्रले द्रोणाचार्यको टाउको काटिदिए ।

प्रकाशित मिति २०७७ चैत १३ गते शुक्रबार ०५:५७
प्रतिक्रिया दिनुहोस
  • आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल

    आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल
    २०८२ जेठ ११ गते शनिवार १२:३९

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल
    २०८२ बैशाख २५ गते बिहिबार ०१:०७

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल
    २०८२ बैशाख १८ गते बिहिबार ०१:५४

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल
    २०८२ बैशाख १४ गते आईतबार १२:३७