श्रीमतीको हत्या आरोपमा पक्राउ

श्रीमतीको हत्या आरोपमा पक्राउ

सञ्चार बाणी

@SancharBani

२०७७ चैत १३ गते शुक्रबार ०४:३६

इनरुवा / श्रीमतीको हत्या गरेको अरोप लागेका सुनसरीको धरान उपमहानगरपालिका–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझीलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि ३१ वर्षीया श्रीमती सम्झना माझीको हत्या गरेको आरोप छ । खुकुरी प्रहार गरेर श्रीमतीको...

इनरुवा / श्रीमतीको हत्या गरेको अरोप लागेका सुनसरीको धरान उपमहानगरपालिका–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीमाथि ३१ वर्षीया श्रीमती सम्झना माझीको हत्या गरेको आरोप छ । खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको पाइएपछि तिलबहादुरलाई बिहीबार पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए । घटनाका विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ । रासस

प्रकाशित मिति २०७७ चैत १३ गते शुक्रबार ०४:३६
प्रतिक्रिया दिनुहोस