सप्तरंगी प्रतिभाको खोजीको‌ अन्तिम तयारी पुरा

सप्तरंगी प्रतिभाको खोजीको‌ अन्तिम तयारी पुरा

सृजना गहतराज

@SancharBani

२०७७ चैत ११ गते बुधबार ०९:२२

पोखरा उधोग वाणिज्य संघको‌ सभा हलमा हुने उक्त कार्यक्रममा गण्डकी प्रदेश सरकारका अर्थ तथा मामिला मन्त्री किरण गुरुङ प्रमुख अतिथि रहनु हुनेछ ।

चैत ११, पोखरा । गण्डकी प्रदेश सरकार सामाजिक मन्त्रालयसङ्गको सहकार्यमा सप्तरंगी साँस्कृतिक प्रतिष्ठानद्वारा चैत १३ गते शुक्रबार आयोजना हुने “सप्तरंगी प्रतिभाको खोजी-२०७७” एकल खुल्ला गायन‌ प्रतियोगिता तथा सामूहिक लोक नृत्य प्रतियोगिताको फाइनल राउण्डको अन्तिम तयारी पुरा भएको छ ।

मङ्गलबार संस्थाका कार्यबाहक अध्यक्ष खिमकुमार गुरुङको अध्यक्षतामा बसेको बैठकले कार्यक्रमको सफलताको लागि विभिन्न काम बाँडफाड गरि कार्यक्रमको‌ तयारी पुरा गरिएको‌ संस्था महासचिव मनकुमार श्रेष्ठले जानकारी गराउनु भयो ‌ । पोखरा उधोग वाणिज्य संघको‌ सभा हलमा हुने उक्त कार्यक्रममा गण्डकी प्रदेश सरकारका अर्थ तथा मामिला मन्त्री किरण गुरुङ प्रमुख अतिथि रहनु हुने समेत महासचिव श्रेष्ठले बताउनु भयो ।

गायन र नृत्य प्रतियोगिताको फाइनल कार्यक्रम सङ्गसङ्गै सोही समारोहमा पोखरा प्राज्ञ प्रतिष्ठानका पदाधिकारीहरु र संस्था अाजीवन सदस्यहरुलाई सम्मान गरिने संस्था कार्यवाहक अध्यक्ष खिमकुमार गुरुङले जनाउनुभयो ।

गायन अन्तर्गत “सप्तरंगी प्रतिभाको खोजी-२०७७” एकल खुल्ला गायन‌ प्रतियोगिताका लागि विभिन्न चरणको कडा प्रतिस्पर्धाबाट अन्तिम चरणको फाइन‌राउण्डका लागि १२ जना छनौट गरिएको छ ।‌ जसमा जीवन बिश्वकर्मा बाग्लुङ, राम घर्तिमिरे म्याग्दी, बिजेश नेपाली कास्की, अमन सुबेदी बाग्लुङ, योगेश गौतम स्याङ्जा, शान्त सुनार बाग्लुङ
कुसुम पुन मगर बाग्लुङ, अरुण सुनार पर्वत, सरिता राई कास्की, उपेश थापा कास्की, निर्मल बि.क बाग्लुङ, संगीता गायक कास्की छनोट गरिएको एकल खुल्ला गायन‌ प्रतियोगिताका कार्यक्रम नवराज वरालले जानकारी गराउनु भयो । गायन कार्यक्रमका लागि निर्णायकमा संगीतकार बिबि अनुरागी, गायक बिनोद बानियाँ र गायिका अजुदा थापा रहेको‌ कार्यक्रमका सह संयोजक सुमन श्रापित बताउनु भयो ।

त्यसैगरि सामूहिक लोक नृत्य प्रतियोगितामा गण्डकी प्रदेशको मनाङ बाहेक सम्पूर्ण जिल्लाबाट सहभागिता रहेको कुरा सामूहिक लोक नृत्य प्रतियोगिताका कार्यक्रम संयोजक गोरे गुरुङले जानकारी दिनुभयो ।

पहिलो चरणको आन्तरिक छनोटबाट १२ समूह प्रतिश्पर्धा लागि छनोट गरिएको छ । गण्डकी प्रदेशकको सम्पदाको रुपमा रहेको थाली नाच, सोरठी, ताय मच:, मारुनी, घाटु, बालन, कौडा, थारु नाच जस्ता सस्कृति झल्किने लोक नृत्यहरु रहने कुरा सह संयोजक जसु गुरुङले जानकारी गराउनु भयो ।

सामूहिक लोक नृत्य प्रतियोगिताका लागि निर्णायकमा नृत्य निर्देशकहरु गम्भीर बर्देवा, धनबहादुर गुरुङ, गमबहादुर गुरुङ र दान बहादुर गुरुङ रहेको कुरा समेत संयोजक गोरे गुरुङले जनाउनुभयो ।

प्रकाशित मिति २०७७ चैत ११ गते बुधबार ०९:२२
प्रतिक्रिया दिनुहोस