माछापुच्छे-४,लाहाचोकमा “सेभेन ए साईड फुटबल ” प्रतियोगिता हुने

माछापुच्छे-४,लाहाचोकमा “सेभेन ए साईड फुटबल ” प्रतियोगिता हुने

निराजन अधिकारी

@SancharBani

२०७७ चैत ७ गते शनिवार ०३:३७

प्रतियोगिताको बिजेताले नगद रु ३३ हजार ३३३ , उप–बिजेताले रु २२ हजार २२२ साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

चैत्र ७,हेमजा । कास्कीको माछापुच्छे« गाउँपालिका–४,लाहाचोकमा गाउँपालिका स्तरिय खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । खेल गाउँपालिका भित्र रहेका क्लबहरु बिच यँहि चैत्र १३ गते देखि १५ गते सम्म लाहाचोक महेन्द्र मा.बि.को खेल मैदानमा हुने छ । प्रतियोगित लाहाचोक–४,मा अवस्थित जोगिचौर यूवा क्लबको आयोजनामा हुन लागेको क्लबका अध्यक्ष किरण भण्डरीले रेडियो हेमजालाई जानकारी दिनुभएको छ ।

प्रतियोगिताको बिजेताले नगद रु ३३ हजार ३३३ , उप–बिजेताले रु २२ हजार २२२ साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । साथै उत्कृष्ट खेलाडि, उत्कृष्ट गोलरक्षक,उच्च गोलकर्ता,अनुसासित समुहलाई पुरस्कार सहित सिल्ड, मेडल र प्रमाणपत्रको ब्यवस्था गरिएको खेल संयोजक बलराम अधिकारीले जानकारी दिनुभयो ।

क्लबका सचिब मोहन अधिकारीकाले खेलमा सहभागि हुन चैत्र १२ गते बेलुका ५ बजे सम्म टिम दर्ता गरिसक्नु पर्ने र दर्ता शुल्क रु ३,००० रहेका बताउनु भयो । खेलाडि माछापुच्छे गाउँपालिका भित्रकै हुनुपर्नेमा आयोजकको जोड रहेको छ ।

प्रकाशित मिति २०७७ चैत ७ गते शनिवार ०३:३७
प्रतिक्रिया दिनुहोस