किशोरीमाथि पटक-पटक बलात्कार गरी गर्भवती बनाएको आरोपमा एक पक्राउ

किशोरीमाथि पटक-पटक बलात्कार गरी गर्भवती बनाएको आरोपमा एक पक्राउ

सञ्चार बाणी

@SancharBani

२०७७ चैत २ गते सोमबार ०६:३४

किशोरीमाथि पटक-पटक बलात्कार गरी गर्भवती बनाएको आरोपमा एक पक्राउ परेका छन्। बारा जितपुर सिमरा उपमहानगरपालिका-१० बेहराका ३० वर्षीय रमेश हजरा पासवानलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले गत बिहीबार पक्राउ गरी उनीमाथि जबरजस्ती...

किशोरीमाथि पटक-पटक बलात्कार गरी गर्भवती बनाएको आरोपमा एक पक्राउ परेका छन्। बारा जितपुर सिमरा उपमहानगरपालिका-१० बेहराका ३० वर्षीय रमेश हजरा पासवानलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले गत बिहीबार पक्राउ गरी उनीमाथि जबरजस्ती करणीको मुद्दामा अनुसन्धान अघि बढाएको छ। उनले १७ वर्षीया किशोरीलाई विवाह गर्छु भन्दै वीरगञ्जको लजमा लगेर बलात्कार गरेको पर्सा प्रहरीले जनाएको छ।
पटक/पटक करणी गरी गर्भ बोकाएको भन्दै फागुन २१ गते प्रहरी कार्यालयमा उजुरी परेको थियो।

त्यसपछि फरार रहेका पासवानलाई प्रहरीले पक्राउ गरेको हो।
उनीमाथि अनुसन्धान गर्न आइतबार पर्सा जिल्ला अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

प्रकाशित मिति २०७७ चैत २ गते सोमबार ०६:३४
प्रतिक्रिया दिनुहोस