पोखरा/ झापामा टिपरको ठक्करबाट मोटरसाइकल यात्रीको मृत्यु भएको छ । शनिबार बिहान झापाको कमल गाउँपालिका– १ बालुबारीमा टिपरको ठक्करबाट मोटरसाइकल यात्री २७ वर्षीय सरोज कार्कीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार ना १ त ६१६५ नम्बरको टिपरले मे३प ३७४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकल चालक शिवसाताक्षी नगरपालिका – ४ का २७ वर्षीय कार्कीको घटनास्थलमै मृत्यु भएको हो । ट्रिपर र चालक सोही स्थान बस्ने चित्र कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रकाशित मिति २०७७ फाल्गुण २९ गते शनिवार १०:४९