झापामा बसको ठक्करबाट स्कुटी चालकको मृत्यु

झापामा बसको ठक्करबाट स्कुटी चालकको मृत्यु

सञ्चार बाणी

@SancharBani

२०७७ फाल्गुण २५ गते मङ्गलबार ०२:०७

झापा / झापा शिव सताक्षीमा बसको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका–९ एलम्बर चौकमा बस र स्कुटी ठक्कर खाई दुर्घटना हुँदा इलाम चुलाचुली ४ का ३८ वर्षीय राजेन्द्र देवानको मृत्यु भएको हो । मङ्गलबार बिहान १० बजे...

झापा / झापा शिव सताक्षीमा बसको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका–९ एलम्बर चौकमा बस र स्कुटी ठक्कर खाई दुर्घटना हुँदा इलाम चुलाचुली ४ का ३८ वर्षीय राजेन्द्र देवानको मृत्यु भएको हो ।

मङ्गलबार बिहान १० बजे मे १ ख २७४६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको को ३८ प ४१९४ नम्बरको स्कुटी एक–आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । उक्त दुर्घटनामा स्कुटी चालक राजेन्द्र र स्कुटीको पछाडि सवार सोही स्थानका ४० वर्षीय पूर्ण राई घाइते भएका थिए ।

घाइते उनीहरूको बी एन्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा स्कुटर चालक राजेन्द्रको मृत्यु भएको छ हो । यस्तै अर्का घाइतेको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बस, बस चालक झापा अर्जुनधारा ११ बस्ने मानबहादुर पुरी प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

प्रकाशित मिति २०७७ फाल्गुण २५ गते मङ्गलबार ०२:०७
प्रतिक्रिया दिनुहोस