४ सन्तानसहित आमा कर्णालीमा हा’म फालिन्, २ छोरीको श’व भेटियो

४ सन्तानसहित आमा कर्णालीमा हा’म फालिन्, २ छोरीको श’व भेटियो

सञ्चार बाणी

@SancharBani

२०७७ फाल्गुण २५ गते मङ्गलबार ०४:४८

२५ फागुन, सुर्खेत । दैलेखकी एक महिलाले आफ्ना ४ सन्तानसहित कर्णाली नदीमा हा’म फालेकी छन् । विश्वभर श्रमिक महिला दिवस मनाइरहेका बेला सोमबार आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हा’म...

२५ फागुन, सुर्खेत । दैलेखकी एक महिलाले आफ्ना ४ सन्तानसहित कर्णाली नदीमा हा’म फालेकी छन् ।

विश्वभर श्रमिक महिला दिवस मनाइरहेका बेला सोमबार आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हा’म फालेकी हुन् ।

नदीमा फा’ल हालेकामध्ये दुईजना छोरीको श’व अछाममा भेटिएको छ । अन्य बे’पत्ता रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश साहुले जानकारी दिए ।

उनका अनुसार १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको श’व अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा माछा मा’र्न प्रयोग गरिने डो’रीमा बे’रिएको अवस्थामा भेटिएको छ ।

आमा सुकी, १० वर्षीय ललित बडुवाल र पाँच वर्षीया रजनी बडुवालको श’व भने भेटिएको छैन । उनीहरुको कर्णाली नदीमै खोजी भैरहेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान तीन छोरी र एक छोरासहित घरबाट हिँडेकी सुकी माइतमा पनि नभेटिएपछि आफन्तले खो’जत’ला’स गरेका थिए ।स्थानीयले सुकीले कर्णाली नदीमा हा’म फालेको बताए पनि प्रहरीले भने घ’टनाको बारेमा अ-नुसन्धान भैरहेको बताएको छ ।

बेप’त्ता भएकी सुकीका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले नि’यन्त्रणमा लिएको छ । दिनहुँ म’दिरा से’वन गरेर श्रीमतीसँग झ’गडा गर्ने गरेको सूचना पाएपछि प्रहरीले उनलाई नि’यन्त्रणमा लिएर अ’नुसन्धान गरेको थालेको छ

प्रकाशित मिति २०७७ फाल्गुण २५ गते मङ्गलबार ०४:४८
प्रतिक्रिया दिनुहोस