पोखरामा पहिलो पटक नाडा र वाडाले संयुक्त रुपमा अटो सो गर्दै

पोखरामा पहिलो पटक नाडा र वाडाले संयुक्त रुपमा अटो सो गर्दै

छवि सुबेदी

@Facebook

२०८१ फाल्गुण ६ गते मङ्गलबार १०:५६

पोखरा । पर्यटनको राजधानी शहर पोखरामा पहिलो पटक अटो सो हुने भएको छ । देशभरका अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) र नाडाको प्रदेश च्याप्टर पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराको...

पोखरा । पर्यटनको राजधानी शहर पोखरामा पहिलो पटक अटो सो हुने भएको छ । देशभरका अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) र नाडाको प्रदेश च्याप्टर पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराको संयुक्त आयोजनामा अटो सो हुनेछ ।

पोखरामा आगामी चैत १४ देखि १७ गतेसम्म अटो सो आयोजना गर्ने गरी नाडा र वाडाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । आइतबार पोखराको लेकसाइडस्थित इभेन्ट सेन्टरमा आयोजित एक कार्यक्रमबीच नाडाका अध्यक्ष करण चौधरी र वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाले समझदारी पत्रका हस्ताक्षर गरेका छन् ।

पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा अटो सो हुनेछ । पोखरामा आयोजना हुने अटो सोले पोखरा क्षेत्रसहित देशभरको अटोमोबाइल व्यवसायलाई थप चलायमान बनाउन मद्दत पुग्ने नाडाका अध्यक्ष करण चौधरीले विश्वास व्यक्त गरे । वाडासँग मिलेर पोखरामा आयोजना हुने अटो सो सफल बनाउन नाडाले सक्दो योगदान गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा बोल्दै वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाले नाडासँग मिलेर पोखरामा अटो सो आयोजना हुनु पोखरा क्षेत्रका लागि गौरवको विषय भएको बताए । ‘पोखरामा आयोजना हुने सबैभन्दा ठूलो इभेन्ट मध्येमा अटो पर्नेछ,’ उनले भने ।

कार्यक्रममा नाडाका निबर्तमान अध्यक्ष डा. ध्रुवबहादुर थापा, अग्रज अटोमोबाइल व्यवसायी नारायण पौडेल, वाडाका संस्थापक अध्यक्ष राजेन्द्रकुमार बाटाजू, पूर्व अध्यक्षहरु मोहनबाबु खड्का, माधवप्रसाद पौडेल, कालिदास पौडेल, निबर्तमान अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ लगायत वाडाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो । सो अवसरमा नाडा अध्यक्ष चौधरीलाई वाडाको नवनिर्वाचित कार्यसमितिले पोखरामा स्वागत तथा सम्मानसमेत गरेको कार्यसमिति सदस्य छवि सुबेदी बताउनुभयो ।

प्रकाशित मिति २०८१ फाल्गुण ६ गते मङ्गलबार १०:५६
प्रतिक्रिया दिनुहोस