जब श्रीमतीले श्रीमान् बोकेर दौडिए !

जब श्रीमतीले श्रीमान् बोकेर दौडिए !

सञ्चार बाणी

@SancharBani

२०७७ फाल्गुण २४ गते सोमबार ०१:३६

दमौली– १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस देवघाट गाउँपालिकाले भने भिन्न खाले कार्यक्रम गरेर मनाएको छ । दमौलीमा श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी पहिलो,...

दमौली– १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस देवघाट गाउँपालिकाले भने भिन्न खाले कार्यक्रम गरेर मनाएको छ । दमौलीमा श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी पहिलो, गङ्गा गुरुङ र नवीन गुरुङको जोडी दोस्रो तथा सीता लामिछाने क्षेत्री र बमबहादुर थापा क्षेत्रीको जोडी तृतीय भएको छ । प्रतियोगितामा १४ जोडी सहभागी थिए ।

शारीरिक र मानसिक रुपमा महिला पनि पुरुषसरह हुन्छन् भन्ने सन्देश दिनका लागि यस्तो खालको प्रतियोगिताको आयोजना गरिएको गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए ।

थापाका अनुसार प्रतियोगिताका विजेतालाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रकाशित मिति २०७७ फाल्गुण २४ गते सोमबार ०१:३६
प्रतिक्रिया दिनुहोस