सुवेदी प्रतिस्ठान पुतलीबजार -४ रामकोष स्याङ्गजाको प्रारम्भिक अधिवेशन तथा रमाइलो बनभोज कार्यक्रम यहि १३ गते शनिवार पोखरा-२१ को मट्टिखान रिसोर्टमा सम्पन्न भएको छ ! स्यागजा पुतलीबजार -४ रामकोष पारिखोरीयामा रहेको कुल मन्दीरमा हरेक बर्ष तिजको पन्चमीको दिन कूलपूजा गर्ने एउटैकूलका सुवेदीहरुले यस पटक गत भाद्रमा संस्था दर्ता गरेर वैधानिक रूपमा समेत संस्थागत भएर प्रारम्भिक अधिवेशन गरिएको जानकारी छबि सुवेदीले दिएका छन !
तदर्थ समितीलाई भंगगरी सर्वसम्मत नयाँ कार्य समिती समेत चयन भएको छ ! जसअनुसार अध्यक्ष : स्थानेश्वर सुवेदी , उपाध्यक्ष सुर्य प्रसाद सुबेदी, सचिब : रमाकान्त सुवेदी, कोषाध्यक्ष : मिलन सुवेदी , सहसचिव : शुशिला सुबेदी सदस्यहरु : दुर्गादत्त सुवेदी , डन्डपाणी सुवेदी, तुलसी सुवेदी , संगीता सुवेदी , शान्ता सुवेदी, वालकृष्ण सुवेदी, राजन सुवेदी, ज्ञान प्रसाद सुवेदी रहेका छन ! निर्वाचन मन्डलमा संयोजन : काशी सुवेदी सदस्यहरु : बेद प्र. सुवेदी र छवि सुवेदी रहेका थिए !
उदघाटन सत्रमा जेस्ठ सदस्य शालिक राम शर्मा लाई प्रमुख अतिथी बनाइएको थियो ! मन्तव्य राख्नेहरुमा रिसोर्ट सञ्चालक नारायण सुवेदी , बेद प्र सुवेदी , नारायण सुवेदी,तुलसी सुवेदी, दिलकुमारी सुवेदी र हुमनाथ सुवेदीले आफ्नो भनाई राखेका थिए ! सुबेदीहरुको कल्याणका लागी अब संस्थागत रुपमा अगाडी बढ्नुपर्ने, हरेक वर्ष पौषमा रमाइलो भेटघाट सहित बार्षिक साधारण सभा गर्ने तथा वंशावली निकालेर पुर्खाहरुको पहिचान गर्नुपर्नेमा वक्ताहरुको जोड थियो !
करिब ८० घर परिवारको उपस्थिती रहेको कार्यक्रममा परिवारका सदस्य सहित उपस्थित सुबेदीहरुले रमाइलो बनभोजमा नाचगान समेत गरेर रमाइलो गरेका थिए ।


प्रकाशित मिति २०८१ पुस १५ गते सोमबार ०९:५९