आज २०८१ साल भदौ १९ गते बुधबारको राशिफल

आज २०८१ साल भदौ १९ गते बुधबारको राशिफल

सञ्चार बाणी

@SancharBani

२०८१ भदौ १९ गते बुधबार ०१:३४

काठमाडौं – आज २०८१ साल भदौ १९ गते बुधबार तदनुसार सन् २०२४ सेप्टेम्बर ४ तारिख। भाद्र शुल्क पक्षको प्रतिपदा उपरान्त द्वितीया तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार...

काठमाडौं – आज २०८१ साल भदौ १९ गते बुधबार तदनुसार सन् २०२४ सेप्टेम्बर ४ तारिख। भाद्र शुल्क पक्षको प्रतिपदा उपरान्त द्वितीया तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : अप्रिय खबरले मन अशान्त बन्नेछ। सहयोगी विपक्षी समूहमा पुग्नेछन्। संगठनमा तपाईं कमजोर बन्नुहुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट तपाईंको उन्नति हुनेछ। परिवारमा तपाईंको निर्णय कार्यान्वयन नहुने योग छ।

वृष : बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। तपाईंका योजनामध्ये शिक्षामा भएको श्रम लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा लगानी भए लाभ हुनेछ। परिवारका सदस्यसँग नयाँ ठाउँमा भ्रमण र चर्चाले दिन रमाइलो बन्नेछ।

मिथुन : आज बोलीमा भौमको बास भएकाले शब्दमा घमण्ड देखिन सक्छ। जसले गर्दा आफन्त टाढा पुग्ने जोखिम छ। लगानीका क्षेत्रमध्ये मदिराको व्यापारमा राम्रो आम्दानी हुनेछ। अप्ठेरो परिस्थितिमा बन्धुले साथ दिनेछन्। परिवारको व्यवस्थापनमा ध्यान नदिँदा खटपटी बढ्नेछ।

कर्कट : लगानीका स्रोत धेरै छन्। वैदेशिक रमझमले मन तान्नेछ। लगानी गर्नुभए उन्नति हुनेछ। अनुत्पादक क्षेत्रमा खर्च हुने खतरा छ। सचेत बन्नु राम्रो हुनेछ। पुरानो रिस पोख्ने साथी संगठित भए पनि तपाईंको पक्षमा न्याय हुनेछ।

सिंह : लगानीको क्षेत्रबाट सफलता मिल्नेछ। श्रमको उचित पारिश्रमिक प्राप्त हुनेछ। आफूलाई रुचि भएको क्षेत्रमा अवसर प्राप्त हुने योग छ। राजनीतिक क्षेत्रमा झुकाब रहनेछ। संघसंस्थाबाट मानसम्मान मिल्नेछ। परिवारको सहयोग मिल्नेछ।

कन्या : लगानी गरेको क्षेत्रबाट मन उदास हुनेछ। आफूलाई सहयोग गर्ने आफन्त रुष्ट हुनसक्छन्। कृषि र पशुपन्छीको क्षेत्रमा गरेको लगानीबाट उपलब्धि हात लाग्नेछ। परिवारले साथ दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : अचानक सञ्चित धनको खर्च हुने योग छ। निजी तरिकाले गर्ने र गरिने काम भन्दा सहकार्यमा गरेको कामबाट उत्साह मिल्नेछ। तपाईंले मायामारेको पुरानो धन फिर्ता हुनेछ। परिवारमा बौद्धिक टकराब हुने भएकाले थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ।

वृश्चिक : दैनिकी राम्रो छ। आम्दानीका स्रोत सुचारु हुनेछन्। आफन्त भित्रका बौद्धिक व्यक्तिको साथ र सहयोग रहनेछ। देश भित्र राम्रो अवसर प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा अचानक पेट सम्बन्धी समस्या हुनेछ। परिवारमा खटपटी हुने योग छ।

धनु : शिक्षाको क्षेत्रमा लगानी भए उल्लेखनीय नतिजा प्राप्त हुनेछन्। अभिभावकको सल्लाअ लिएर अगाडि बढेमा राम्रो हुनेछ। साथीभाइको संगठन बलियो भएकाले मन शान्त हुनेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। परिवारमा भने तपाईंको माग पूरा नहुने खतरा छ।

मकर : प्राविधिक क्षेत्रमा लगानी र श्रम भए उन्नति हुनेछ। वैदेशिक क्षेत्रको रमझमले मन तान्नेछ। आफन्तले भन्दा बाहिरका मानिसको साथ र सहयोग मिल्ने योग छ। परिवारसँगको प्रेम सम्बन्ध राम्रो बन्नेछ।

कुम्भ : दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। लागनीका स्रोत मन्दीको चपेटामा पर्ने योग छ। धार्मिक अभियान्ताबाट लिएको ज्ञान र सुझावबाट मन शान्त बन्नेछ। धार्मिक कार्यमा सहभागी भए व्यवहार सहज बन्नेछ।

मीन : हरेक योजनामा लगानीका लागि हिम्मत गर्नु राम्रो हुनेछ। औपचारिक शिक्षाको माध्यमबाट उत्साह थपिने छ। साथीको संगठन बलियो भएकाले परिवार र समाजमा तपाईंको प्रशंसा हुनेछ। अनुत्पादक क्षेत्रमा धन खर्च गर्न सचेत बन्नु राम्रो हुनेछ।

प्रकाशित मिति २०८१ भदौ १९ गते बुधबार ०१:३४
प्रतिक्रिया दिनुहोस
  • आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल

    आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल
    २०८२ जेठ ११ गते शनिवार १२:३९

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल
    २०८२ बैशाख २५ गते बिहिबार ०१:०७

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल
    २०८२ बैशाख १८ गते बिहिबार ०१:५४

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल
    २०८२ बैशाख १४ गते आईतबार १२:३७