आज २०८१ साल भदौ २ गते आइतबारको राशिफल

आज २०८१ साल भदौ २ गते आइतबारको राशिफल

सञ्चार बाणी

@SancharBani

२०८१ भदौ २ गते आईतबार ०२:०७

काठमाडौं – आज २०८१ साल भदौ २ गते आइतबार तदनुसार सन् २०२४ अगष्ट १८ तारिख। साउन शुल्क पक्षको त्रयोदशी उपरान्त चतुदर्शी तिथि। बाजुरामा बढीमाई मेला। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ।...

काठमाडौं – आज २०८१ साल भदौ २ गते आइतबार तदनुसार सन् २०२४ अगष्ट १८ तारिख। साउन शुल्क पक्षको त्रयोदशी उपरान्त चतुदर्शी तिथि। बाजुरामा बढीमाई मेला। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : धर्मकर्ममा मन जानेछ। समाज सेवामा सहभागी हुने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। आज बनाएका योजनाले दीर्घकालसम्म फाइदा हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। शिक्षाको लगानीबाट फाइदा हुने योग छ।

वृष : मान्यजनसँग भेटघाट हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्य लाभ हुने योग छ। लगानी गरेको भए वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। परिवारमा बौद्धिक छलफल हुने दिन छ।

मिथुन : नबुझेको विषयमा नबोल्नु राम्रो हुनेछ। लगानीको क्षेत्रमा घाटा हुनेछ। ठूला उद्योगमा हात नहालेको राम्रो होला। ठुलो योजनाको सुरुवात अरुबाट गराएमा काम सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्ने देखिन्छ।

कर्कट : दिन सामान्य छ। काम गर्दा सचेत नभए तपाईंको आलोचना हुनेछ। लगानी भए शिक्षामा नाफा हुने योग छ। साथीसँगको संगतले इज्जत बढ्ने दिन छ। परिवारभित्र भने मनमुटाव हुने जोखिम देखिन्छ।

सिंह : अफ्नै बोलीका कारण साथीभाइ टाढिने जोखिम रहेको छ। साथीसँगको संगतलाई निरन्तरता दिन कम बोल्नु फाइदा होला। आज बनाएको योजना भन्दा अगाडिदेखि सञ्चालन भएको काम सफल बन्नेछ। बौद्धिक व्यक्तिसँग सल्लाह लिएर गरेको काम सफल बन्नेछ।

कन्या : आज तपाईंको महत्त्वपूर्ण काम बन्नेछ। लगानीका क्षेत्रमा नाफा हुने योग छ। श्रम गरेको क्षेत्रमा प्रशंसा प्राप्त होला। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन सामान्य छ। कमाउनेभन्दा पनि भएको जोगाउने दिन हो। स्वास्थ्यमा समस्या देखिने सम्भावना छ। काममा जटिलता थपिनेछ। परिवारको साथ र सहयोग मिल्ने भएकाले मन शान्त हुनेछ।

वृश्चिक : कामबाट सन्तुष्टी मिल्नेछ। हरेक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। लगानी गरेका क्षेत्रमध्ये प्राविधिक शिक्षाको लगानीबाट फाइदा मिल्नेछ। पारिवारिक सहयोग मिल्ने भएकाले दिन रमाइलो हुनेछ।

धनु : हरेक क्षेत्रमा तपाईंले सुरुवात गरेको काम उत्कृष्ट रहने योग छ। मनमा घमण्ड बढ्नेछ। राजनीतिक झुकाव बढ्नेछ। संगठनमा पहुँच रहनाले सेवाको अवसर प्राप्त हुनेछ। पारिवारिक क्षेत्रबाट रचनात्मक सहयोग मिल्नेछ।

मकर : आफ्नै राशिमा चन्द्रमा गोचरी गर्दैछन्। आज मिष्ठान्न भोजन मिल्नेछ। पारिवारिक प्रेममा पुर्नमिलन हुनेछ। लगानीका क्षेत्रमा केही विवाद हुनेछ। परिवारसँगको छलफलबाट गरेको कामबाट फाइदा मिल्नेछ।

कुम्भ : आजको तपाईंको दैनिकी समस्यापूर्ण रहनेछ। परिवारमा सल्लाह गरेर अघि बढ्नु राम्रो होला। लगानीको क्षेत्रमा हात नहाल्नु राम्रो हुनेछ। इज्जत जोगाउन मेहनत गर्नुपर्ने देखिन्छ। धर्मकर्ममा मन जानेछ।

मीन : दिन रमाइलो छ। मिष्ठान्न भोजन हुनेछ। नयाँ लुगा लगाउन मन लाग्नेछ। खर्च बढ्ने योग छ। परिवारको साथ सहयोगबाट मन शान्त रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति २०८१ भदौ २ गते आईतबार ०२:०७
प्रतिक्रिया दिनुहोस
  • आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल

    आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल
    २०८२ जेठ ११ गते शनिवार १२:३९

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल
    २०८२ बैशाख २५ गते बिहिबार ०१:०७

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल
    २०८२ बैशाख १८ गते बिहिबार ०१:५४

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल
    २०८२ बैशाख १४ गते आईतबार १२:३७