आज २०८१ साल साउन ३१ गते बिहीबारको राशिफल

आज २०८१ साल साउन ३१ गते बिहीबारको राशिफल

सञ्चार बाणी

@SancharBani

२०८१ साउन ३१ गते बिहिबार ०१:३८

काठमाडौं – आज २०८१ साल साउन ३१ गते बिहीबार तदनुसार सन् २०२४ अगष्ट १५ तारिख। साउन शुल्क पक्षको दशमी तिथि उपरान्त एकादशी। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा...

काठमाडौं – आज २०८१ साल साउन ३१ गते बिहीबार तदनुसार सन् २०२४ अगष्ट १५ तारिख। साउन शुल्क पक्षको दशमी तिथि उपरान्त एकादशी। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : दैनिकी राम्रो छ। तपाईंले सुरुवात गरेका काम बन्नेछन्। तपाईंको मनमा उत्साह बढ्नेछ। राज्यको तर्फबाट सम्मान प्राप्त हुनेछ। प्राविधिक क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

वृष : तपाईंको बोल्ने क्षमताको प्रशंसा हुनेछ। राजनीतिमा गरेको प्रयास सफल बन्नेछ। संगठनले राम्रो अवसर दिने योग छ। लगानीको क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। परिवारको रचनात्मक सल्लाहले गरेको काम सफल बन्नेछ।

मिथुन : आफन्तले असहयोग गर्ने दिन छ। बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ। कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक रमझममा रमाउने बानीले खर्च बढ्नेछ। श्रमको मूल्य प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : घुमफिरमा जाँदा घाटा हुनेछ। यात्रामा ननिस्कनु राम्रो हुनेछ। श्रमको क्षेत्रमा मेहनत गर्दा धन कमाउने अवसर प्राप्त हुनेछ। परिवारमा खटपटी बढ्नेछ। विश्वासको पात्रबाट धोका हुनेछ। अपरिचित व्यक्तिको सहयोग महत्त्वपूर्ण बन्नसक्छ।

सिंह : प्राविधिक शिक्षाको लगानीबाट अगाडि बढ्ने दिन छ। तपाईंलाई साथ दिनेको संगठन बलियो देखिन्छ। राजनीतिक क्षेत्रमा अवसर प्राप्त हुनेछ। विदेशमा रमाउने रहर जाग्नेछ। श्रम गरेको क्षेत्रमा नाफा हुनेछ। धोरै बोलेर प्रेम सम्बन्ध सफल बनाउन सकिन्छ।

कन्या : मन आशान्त बन्नेछ। काममा ढिलासुस्ती हुने योग छ। परिवारमा आफूमाथि अन्याय भएको महसुस हुनेछ। लगानीका क्षेत्र भने सबल छन्। रोजगारमा बढुवा हुने र स्वास्थ्यमा लाभ हुने दिने छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। आफन्तले धोका दिने योग रहेको छ।

तुला : दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। दैनिक काममा झन्झट बढ्नेछ। तपाईंको लगानीबाट धन बढ्नेछ। परिवारको सल्लाहमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिक : दैनिकी राम्रो छ। सोचेका काम पूरा हुनेछन्। रोजगारीको क्षेत्रमा सफलता मिल्नेछ। राज्यको तर्फबाट फाइदा हुने योग छ। खानपान र वादविवादमा सचेत बन्नु राम्रो होला। नसोचेको धन हात लाग्ने दिन छ।

धनु : दिन राम्रो छ। शुभ कार्यमा सहभागी हुने योग छ। मन शान्त बन्नेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। संगठनको साथ पाएमा महत्त्वपूर्ण काम बन्नेछ। परिवारमा खुशी मिल्नेछ। घरको शान्त वातावरणले नयाँ संस्कारको विकास हुनेछ।

मकर : अरुले बनाएका योजनाबाट तपाईंलाई फाइदा हुनेछ। आफ्नो इज्जत र प्रतिष्ठा कायम गर्न खर्च गर्नुपर्नेछ। व्यापार गर्दा वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा उत्साह बढ्नेछ। प्रेम सम्बन्ध समुधर बन्नेछ।

कुम्भ : शनिदेवको छाया योग छ। शनिदेव तपाईंको राशिमा भए पनि शुभ ग्रहको बहुमत हुनाले राम्रो काममा सहभागी हुने अवसर प्राप्त हुनेछ। शिक्षामा प्रगति हुनेछ। स्वास्थ्य क्षेत्रमा समस्या हुने जोखिम रहेको छ। परिवारसँग व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। बिहानै धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्ने योग छ।

मीन : व्यवहारमा कठिनाइ आइपर्ने योग छ। मनमा शान्ति र संस्कारले बास गर्नेछ। मन शान्त हुनेछ। प्राविधिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा तपाईंको सम्मान हुनेछ। बिहानै गणेशको पूजा गरमा दिन सहज बन्नेछ।

प्रकाशित मिति २०८१ साउन ३१ गते बिहिबार ०१:३८
प्रतिक्रिया दिनुहोस
  • आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल

    आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल
    २०८२ जेठ ११ गते शनिवार १२:३९

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल
    २०८२ बैशाख २५ गते बिहिबार ०१:०७

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल
    २०८२ बैशाख १८ गते बिहिबार ०१:५४

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल
    २०८२ बैशाख १४ गते आईतबार १२:३७