हेलिकप्टर दुर्घटनामा परी मृत्यु अर्बपति देसूको निधन

हेलिकप्टर दुर्घटनामा परी  मृत्यु अर्बपति देसूको निधन

सञ्चार बाणी

@SancharBani

२०७७ फाल्गुण २४ गते सोमबार ०७:१४

काठमाडौं-हेलिकप्टर दुर्घटनामा परी फ्रान्सका अर्बपति व्यापारी तथा राजनीतिज्ञ ओलिभियर देसूको निध न भएको छ । अन्तराष्ट्रिय मिडियाका अनुसार ६९ वर्षीय देसू चढेको हेलिकप्टर आइतबार दुर्घ टनामा परेको हो। उनको निधन प्रति राष्ट्रपति...

काठमाडौं-हेलिकप्टर दुर्घटनामा परी फ्रान्सका अर्बपति व्यापारी तथा राजनीतिज्ञ ओलिभियर देसूको निध न भएको छ । अन्तराष्ट्रिय मिडियाका अनुसार ६९ वर्षीय देसू चढेको हेलिकप्टर आइतबार दुर्घ टनामा परेको हो।

उनको निधन प्रति राष्ट्रपति इमान्युएल म्याक्रोंले दुख व्यक्त गरेका छन् । उनी चढेको निजी हेलिकप्टर आइतबार दिउँसो नोर्मान्डीमा दुर्घ टनामा परेको थियो । उनी संसारका धनीमध्ये ३६१ औं स्थानमा पर्थे।

देसू कन्जरभेटिभ पार्टी ले रिपब्लिकइन्सबाट सन् २००२ देखि सांसद पनि भएका थिए । देसू फ्रान्स अर्बपति उद्योगी सर्जेई देसूका जेठा छोरा थिए।

उनीहरूको कम्पनीले राफेल लडाकु जहाज बनाउँथ्यो र ले फिगारो समाचार पत्र चलाउँथ्यो। उनी संसारका धनीमध्ये ३६१ औं स्थानमा पर्थे। फोर्ब्स पत्रिकाका अनुसार सन् २०२०मा उनको सम्पत्ति ७।१५ अर्ब डलर थियो।

प्रकाशित मिति २०७७ फाल्गुण २४ गते सोमबार ०७:१४
प्रतिक्रिया दिनुहोस