आज २०८१ साल असार १५ गते शनिबारको राशिफल

आज २०८१ साल असार १५ गते शनिबारको राशिफल

सञ्चार बाणी

@SancharBani

२०८१ असार १६ गते शनिवार ०१:३३

काठमाडौं – आज २०८१ साल असार १५ गते शनिबार तदनुसार सन् २०२४ जुन २९ तारिख। असार कृष्ण पक्षको नवमी तिथि। धान दिवस। दही चिउरा खाने दिन। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार...

काठमाडौं – आज २०८१ साल असार १५ गते शनिबार तदनुसार सन् २०२४ जुन २९ तारिख। असार कृष्ण पक्षको नवमी तिथि। धान दिवस। दही चिउरा खाने दिन। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ।

मेष : आजको निर्णय दीर्घकालीन बन्नेछ। मनमा उदार भाव आउने छ। दिन रमाइलो बन्नेछ। परिवारमा तनाव हुने देखिन्छ। बौद्धिक टकराब हुने भएकाले बोल्नु अगाडि सोच्नु राम्रो हुन्छ।

वृष : आफ्नो ख्याल नगर्ने बानीले घाटा हुनसक्छ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुन्छ।

मिथुन : दिन खुशीका साथ बित्नेछ। राम्रो आम्दानी हुनेछ। साथीले सहयोग गर्नेछन्। स्वदेशमा देखिने अवसरले मनमा उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : समय संघर्षपूर्ण छ। तपाईंले दया गरेकै व्यक्तिबाट धोका हुनेछ। लगानी नउठ्ने जोखिम हुनसक्छ। परिवारमा भने मेलमिलाप हुनेछ। वैदेशिक लगानीको क्षेत्रबाट पर्याप्त नाफा हुनेछ।

सिंह : बौद्धिक क्षेत्रको लगानीले उत्साहित बनाउने छ। वैदेशिक लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारको विश्वास धेरै गर्नाले धोका हुने जोखिम देखिन्छ।

कन्या : आफू कमजोर भएको महसुस हुनेछ। प्रिय वस्तु हराउने खतरा छ। अरुलाई तर्साएर आफ्नो काम पूरा गर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : लामो समय रोकिएका काम सञ्चालन हुनेछन्। शिक्षाको माध्यमबाट सफलता मिल्नेछ। यो क्षेत्रमा नाम र दाम मिल्नेछ। समयको दुरुपयोग गर्ने साथी धेरै हुनसक्छन्। परिवारसँगको भेटले दिन रमाइलो हुनेछ।

वृश्चिक : धार्मिक क्षेत्रका कुराले मनमा अविश्वास बढ्नेछ। भौतिक कुराले मनमा खटपटी बढ्ने जोखिम छ। थकान र आलस्य बढ्नेछ। शुभचिन्तकको साथ र सहयोग प्राप्त हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ। परिवारले राम्रो साथ दिनाले दैनिकी सहज बन्नेछ।

धनु : समय राम्रो छ। बोलीको प्रभावले तपाईंको महत्त्व बढाउने छ। सामाजिक र राजनीतिक काममा समय खर्च हुनेछ। कृषि र फलफूलमा गरेको लगानीबाट नाफा हुनेछ परिवारले राम्रो साथ दिनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : दबाब र तनावले सताउने योग छ। भएको सम्पत्ति संरक्षण गर्नुपर्ने देखिन्छ। परिवारको रचनात्मक सहयोग प्राप्त हुनेछ। मित्रको साथ प्राप्त हुनेछ।

कुम्भ : मध्य साढेसाती दशा भएकाले झुटा आरोप लाग्नसक्छन्। मन अशान्त हुनसक्छ। शनिदेवको छाया योग भएकाले शनिशान्ती गर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : चन्द्रमा तपाईंको राशिमा छन्। पहेँलो वस्त्र धारण गर्नु लाभदायक बन्नेछ। कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ। अनुत्पादक क्षेत्रमा खर्च हुने जोखिम छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको सहयोग मिल्नेछ।

प्रकाशित मिति २०८१ असार १६ गते शनिवार ०१:३३
प्रतिक्रिया दिनुहोस
  • आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल

    आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल
    २०८२ जेठ ११ गते शनिवार १२:३९

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल
    २०८२ बैशाख २५ गते बिहिबार ०१:०७

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल
    २०८२ बैशाख १८ गते बिहिबार ०१:५४

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल
    २०८२ बैशाख १४ गते आईतबार १२:३७