२०८१ साल वैशाख १८ गते मंगलबारको -राशिफल

२०८१ साल वैशाख १८ गते मंगलबारको -राशिफल

सञ्चार बाणी

@SancharBani

२०८१ बैशाख १८ गते मङ्गलबार १२:३३

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार सन् २०२४ अप्रिल ३० तारिख। वैशाख कृष्ण पक्षको सप्तमी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार...

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार सन् २०२४ अप्रिल ३० तारिख। वैशाख कृष्ण पक्षको सप्तमी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ।हेरौ आजको राशिफल

मेष : खर्च बढ्नेछ। साथीभाइबाट असहयोग हुने दिन छ। चोटपटकको भय भएकाले सचेत भएर काम गर्नुपर्ने छ। भूमि सम्बन्धी हुने कारोबारमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सहयोग मिल्नेछ। परिवारको माया र साथ प्राप्त हुनेछ।

वृष : सफल यात्राको योग रहेको छ। आर्थिक क्षेत्र सबल बन्नेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पराक्रम बढ्ने दिन छ।

मिथुन : अधिकार प्राप्तिको लडाइँमा सफलता मिल्नेछ। व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ। शिक्षामा फाइदा, स्वास्थ्यमा लाभ हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : समय साथीसँग बित्नेछ। शिक्षा क्षेत्रमा प्राप्त नतिजाले हौसला बढाउने छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यवसायतर्फको आदर्श व्यक्तिसँग भेट हुनेछ।

सिंह : मनमा डर सिर्जना हुनेछ। परिवारका सदस्यको नमिठो बोली सुन्नुपर्ने जोखिम रहेको छ। काम गर्दा र बोल्दा सोच्नुपर्ने दिन छ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ।

कन्या : सरकारी जागिरे भए बढुवा हुनेछ। मान र प्रतिष्ठा बढ्नेछ। यात्राको योग रहेको छ। साथीहरुसँग रमाइलोका साथ दिन बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : आफ्नो काम देखेर रमाउने दिन छ। राजनीतिमा सफलता प्राप्त हुनेछ। पुरानो साथीसँगको भेट रमाइलो हुनेछ। परिवारसँगको सम्बन्ध प्रगाढ बन्छ। विपरित लिंगी साथीको सहयोग विशेष हुनेछ।

वृश्चिक : शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। धन आर्जनको नयाँ स्रोत पत्ता लाग्ने दिन हो। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम छ। व्यवहारमा खटपट भए बोलीको माध्यमबाट प्रभावित पार्नुपर्नेछ।

धनु : आफन्तले दिएको सुझाव गलत लाग्नसक्छ। व्यवहार गर्दा सचेत हुनुपर्नेछ। बोल्नु अगाडि एक पटक सोच्नु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा विरोधका आवाज सुन्नुपर्ने हुनसक्छ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

मकर : लामो समयदेखि रोकिएको सम्पत्ति फिर्ता हुनेछ। नयाँनयाँ कुरा सिक्ने अवसर सिर्जना हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। विरोधी शान्त हुने दिन छ। परिवारभित्र व्यवहार गर्दा सचेत हुनुपर्नेछ।

कुम्भ : रमाइलो यात्राको योग रहेको छ। अचानक ठुलो उपलब्धि प्राप्त हुनसक्छ। परिवारमा मेलमिलाप रहनेछ। तपाईंले गरेको राम्रो कामको चर्चा हुनेछ।

मीन : आर्थिक कारोबारमा फाइदा हुनेछ। नसोचेको ठाउँबाट रोकिएको धन हात लाग्नेछ। आर्थिक र सामाजिक क्षेत्र अब्बल रहने योग छ। मनोरञ्जनतर्फ मन जानेछ। व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

प्रकाशित मिति २०८१ बैशाख १८ गते मङ्गलबार १२:३३
प्रतिक्रिया दिनुहोस
  • आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल

    आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल
    २०८२ जेठ ११ गते शनिवार १२:३९

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल
    २०८२ बैशाख २५ गते बिहिबार ०१:०७

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल
    २०८२ बैशाख १८ गते बिहिबार ०१:५४

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल
    २०८२ बैशाख १४ गते आईतबार १२:३७