पोखरा / धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् र खोप लगाउने क्रम जारी नै छ । कतिपय मानिस खोपको दोस्रो डोज लिनको लागि पर्खिरहेका छन् ।
खोपको प्रभावकारिता दर बढाउनका लागि खोपको दोस्रो डोज लिनु महत्त्वपूर्ण हुन्छ । खोप लगाएपछि सामान्य ज्वरो आउने (कसैमा छोटो समयको लागि अत्याधिक ज्वरो आउने), कामेको जस्तो अनुभव हुने, शरीर गलेको अनुभव हुने (मायलजिया), थकान, शरीरमा दुखाइ, वाकवाकी लाग्नेजस्ता साइड इफेक्ट देखिन सक्छ, जुन केही समय वा दिनपछि आफैँ हराएर जाने हुन्छ ।
त्यस्तै, ज्वरो वा शरीर दुखाइका लागि सामान्य प्यारासिटामोलको प्रयोग गर्न सकिन्छ । विज्ञहरूका अनुसार यी साइड इफेक्टहरू शरीरभित्र भइरहेको सङ्क्रमणसँग लड्ने प्रक्रियाको परिणाम हुन् ।
सिडिसीले खोप लगाएपछि प्रतिरक्षा प्रणालीलाई बढाउन र छिटो निको हुन पानीको मात्रा उच्च भएको खाद्य पदार्थको सेवन गर्न सिफारिस गरिएको छ ।
त्यसैले, मासु खाने मानिसले खोप लिएपछि चिकेन सुप (कुखुराको मासुको झोल) बनाएर खान उचित हुने बताइएको छ ।
चेस्ट जर्नलका अनुसार कुखुराको सुपले वास्तवमै लाभदायक औषधीय प्रभाव पार्नुका साथै हल्का एन्टी इन्फ्लेमेटरी प्रभाव पार्छ । साथै, सुप बनाउन प्रयोग हुने मासला तथा अन्य चिजमा पनि उत्तिकै फाइदाजनक हुन्छ ।
साथै, मासु नखाने मानिसले कनै पनि तरकारीको तातो सुप बनाएर खान सकिन्छ । सुपमा सिमी, दाल, आलु, ब्रोकाउली जस्ता अन्य प्रतिरक्षा-बढाउने खानालाई समावेश गरे अझ राम्रो हुन्छ ।
प्रकाशित मिति २०७७ फाल्गुण २२ गते शनिवार ११:३५