शनिबार गण्डकी प्रदेशका पाँच जिल्लामा विद्युत सेवा बन्द हुने

शनिबार गण्डकी प्रदेशका पाँच जिल्लामा विद्युत सेवा बन्द हुने

सञ्चार बाणी

@SancharBani

२०७७ फाल्गुण २१ गते शुक्रबार ०१:२६

फागुन २२ गते शनिबार गण्डकी प्रदेशका पाँच जिल्लामा विद्युत सेवा बन्द हुने भएको छ। बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कास्की, पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लामा विद्युत सेवा बन्द हुने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको...

फागुन २२ गते शनिबार गण्डकी प्रदेशका पाँच जिल्लामा विद्युत सेवा बन्द हुने भएको छ।

बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कास्की, पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लामा विद्युत सेवा बन्द हुने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणको पोखरा ग्रिड शाखाअन्तर्गत लेखनाथ सबस्टेशनमा १३२ केभी बसबार एक्सटेन्सन कार्यका लागि फागुन २२ गते केही समय विद्युत बन्द हुने प्राधिकरणले जनाएको छ।

निर्धारित समयभन्दा अगावै काम सकिएमा सो समयभन्दा अगाडि नै विद्युत सेवा सुचारू हुने प्राधिकरणले आज गोरखापत्रमा सूचना निकालेर जानकारी दिएको छ।

प्रकाशित मिति २०७७ फाल्गुण २१ गते शुक्रबार ०१:२६
प्रतिक्रिया दिनुहोस