बिहे गर्दै अभिनेत्री तापसी पन्नू

बिहे गर्दै अभिनेत्री तापसी पन्नू

सञ्चार बाणी

@SancharBani

२०८० फाल्गुण १६ गते बुधबार ०३:२१

बलिउड अभिनेत्री तापसी पन्नू विवाह गर्दैछिन्। उनले आफ्नो प्रेमी माथियास बोसँग विवाह गर्न लागेकी हुन्। भारतीय सञ्चारमाध्यम एनडिटिभीका अनुसार उनीहरूले मार्चको अन्तिममा विवाह गर्न लागेका हुन्। उनीहरू सिख र क्रिश्चियन परम्परा...

बलिउड अभिनेत्री तापसी पन्नू विवाह गर्दैछिन्। उनले आफ्नो प्रेमी माथियास बोसँग विवाह गर्न लागेकी हुन्। भारतीय सञ्चारमाध्यम एनडिटिभीका अनुसार उनीहरूले मार्चको अन्तिममा विवाह गर्न लागेका हुन्।

उनीहरू सिख र क्रिश्चियन परम्परा अनुसार विवाह गर्ने तयारीमा छन्। माथियास बो डेनमार्कका ब्याडमिन्टन खेलाडी हुन्।
तापसी र माथियास करिब १० वर्षदेखि प्रेम सम्बन्धमा छन्।

तापसीले सन् २०१३ मा ‘चश्मे बद्दूर’ बाट बलिउड फिल्ममा डेब्यू गरेकी थिइन्। उनी पछिल्लो समय शाहरूख खानसँग फिल्म ‘डंकी’ मा देखिएकी थिइन्।

प्रकाशित मिति २०८० फाल्गुण १६ गते बुधबार ०३:२१
प्रतिक्रिया दिनुहोस